तनहुँको घिरिङमा मतगणनास्थल परिवर्तन
भञ्ज्याङ समाचारदाता/घिरिङ

तनहुँको घिरिङ गाउँपालिकामा मतगणनास्थल परिवर्तन गरिएको छ । वडा नम्बर ३ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयमा यस अगाडि कायम गरिएको मतगणना स्थल बुधबार बसेको राजनीतिक दल तथा सुरक्षा निकायको बैठकले मतगणनास्थल परिवर्तन गरेको हो ।
बैठकले गाउँपालिकाको प्रशासकीय भवनमा मतगणना गर्ने निर्णय गरेको घिरिङ गाउँपालिकाका निर्वाचन अधिकृत किर्तनराज पौडेलले बताए । विद्यालय भवनमा सुरक्षाको प्रत्याभुती नहुने र निर्वाचन लगत्तै विद्यालय भर्ना लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमा बसेको र्सवदलीय बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको पौडेलले बताए ।
विद्यालयमा मतगणना गर्ने निर्णयको नेकपा एमालेले विरोध जनाएको थियो । विद्यालयको भवनमा सुरक्षाको प्रत्याभुती नहुने गणनाको क्रममा धाँदली हुनसक्ने भन्दै एमालेले गाउँपालिकाको नयाँ भवनमा मतगणना हुनु पर्ने माग गर्दै आएको थियो ।










