बाढीले भत्कायो कचवे

तनहुँको भानुमार्ग स्थित भानु नगरपालिका-६ को खत्री खोलामा आएको बाढीले भत्काएको कचवे । बाढीले कचवे भत्काएपनि भानुमार्गको चन्द्रावती हुँदै वडा नं. १२, १३ लगायतका ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध हुन पुगेको छ । केहीदिनदेखि लगातार परेको झरीका कारण आएको बाढीपहिरोले ग्रामीण सडक तथा भौतिक पूर्वाधार, धानमकै खेतीमा ठूलो क्षति पुर्याएको छ ।
तस्विर : भञ्ज्याङ










