बाढीपहिरोले अवरुद्ध डुम्रे-बेसीसहर सडक अन्तर्गत तनहुँ खण्ड सुचारु

भञ्ज्याङ न्यूज

डुम्रे-बेंसीसहर सडक अन्तर्गत तनहुँको भानु नगरपालिका-८ बलिफाँटमा हृयुमपाइप बाढीले बगाएपछि अवरुद्ध तनहुँ खण्ड सुचारु भएको छ ।

खहरेखोलामा आएको बाढीले तीनवटा हृयुमपाइप बगाउँदा सडक भ्वाङ परेपछि आइतबार बिहानदेखि सवारी आवतजावत बन्द भएको थियो ।

साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएका थिए । भत्किएको सडक अस्थायी रुपमा निर्माण गरी साँझा करिब ५ बजेबाट तनहुँ खण्डमा यातायात सुचारु गरिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी गराए ।

यस्तै, गए रातिदेखि परेको अविरल वर्षाका कारण बेंसीसहर-चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस खण्डअर्न्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरे भिर, बेलौती विसना, मर्स्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुले लगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए ।

हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक हो । खरखरेमा मर्स्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला-ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ ।

यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ । यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि तत्काल सम्भव नभएको इञ्जीनियर अधिकारीको भनाइ छ ।

यस सडकमा बर्सेनि पहिरालेे पटक-पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङका स्थानीयवासी बेँसीसहर हुँदै विभिन्न जिल्ला जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन् ।

गत वर्षपनि यो सडक अवरुद्ध हुँदा मनाङवासी हेलिकोप्टरको सहायतामा बेँसीसहर आएर काठमाडौँ, पोखरा गएका थिए । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक निर्माणको काम अघि बढाउँदै विसं २०६९ मा सम्पन्न भएको थियो ।

यसयता सवारी सञ्चालन हुँदै आए पनि बर्सेनि बर्खायाममा पटक-पटक विभिन्न स्थानमा पहिरो जाँदा सडकसमेत पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

तल मर्स्याङ्दी नदी र माथि भिरैभिर हुँदै बीचमा साँघुरो सडकमा सवारी सञ्चालन हुँदै आएको छ । इञ्जीनियर अधिकारीका अनुसार यस सडकबाहेक डुम्रे-बेँसीसहर सडक भासिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker