निर्माणाधिन खानेपानी ट्याङ्की

तनहुँको व्यास नगरपालिका-१ को अमिलीभञ्ज्याङमा निर्माणाधिन भादगाउँ खानेपानी तथा सरसफाई सहलगानी आयोजनाको खानेपानी संकलन ट्याङ्की । करिब २७ करोड रुपैयाँ लागतमा चार लाख लिटर क्षमताको पानी संकलन ट्याङ्की निर्माण गरी एक हजार ५१७ धारा वितरण गरिने भएको छ । चालु आवको भदौ १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरिएपनि छ महिना म्याद थपको प्रक्रिया अगाडि बढाइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










