आज फागुपूर्णीमा मनाईदै : सभ्य रुपमा मनाउन तनहुँ प्रशासनको आग्रह
भञ्ज्याङ न्यूज

पहाडी तथा हिमाली क्षेत्रमा आज फागुपूर्णीमा पर्व मनाइँदै छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णीमाको दिन फागुपूर्णीमा मनाइन्छ । आजको दिनमा विशेष रूपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रूपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ ।
किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रहृलाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।
हिरण्यकश्यपु आफूले आफूलाई बलवान ठान्दथे । तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए ।
अन्तत उनको योजना अनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रहृलादलाई काखमा राखेर अग्नि कुण्डमा बसाए । तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रहृलादलाई अग्निले भष्म गरेन। उल्टै होलीका भने भस्म भइन् ।
अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। होलीका दहनकै खुसीयाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ । आज सोमबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णीमा भोली मंगलबार तर्राई मधेशमा होलीको रुपमा मनाइँदै छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय तनहुँले फागु पूर्र्णर्ी पर्वलाई सभ्य रुपले मनाउन आग्रह गरेको छ । कार्यालयले आइतबार सूचना जारी गरी रङहरुको पर्वलाई सभ्य र मर्यादित रुपले मनाउन आग्रह गरेको हो ।
होली मनाउने क्रममा कसैको इच्छा विपरित रङ दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग लगाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता कार्य नगर्न र्सवसाधारणलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उनले कानून विपरितका कार्य गरेको पाइए कारवाही गरिने बताए ।










