तनहुँको म्याग्देमा आँफु खुशी स्टीकर टाँसी बढी मूल्यमा सामान बेच्नेलाई पक्राउ

भञ्ज्याङन्यूज

उत्पादक कम्पनिको प्रिन्ट लेबल छोपेर आफु खुशी बढी मूल्यको स्टीकर टाँसी सामानहरु बिक्री वितरण गरेको भन्दै तनहुँ प्रहरीले एक जना व्यापारीलाई पक्राउ गरेको छ ।

पृथ्वीराजमार्गका यात्रुलाई लक्षित गरी तनहुँको म्याग्दे गाउँपालिका-३ धयरेटारीमा सञ्चालित सरिता रेष्टुरेण्टका सञ्चालक सेते तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले संचालन गर्दै आएको उक्त रेष्टुरेण्टमा कम्पनिको प्रिन्ट लेबल छोपेर सो माथि आफु खुशी बढी मुल्यको स्टिकर टाँसी सामानहरु बिक्रि बितरण गरेको भन्ने सुचनाको आधारमा गत भदौ २९ गते गरिएको चेकजाँचका क्रममा भेटिएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले स्थानीय जनप्रतिनिधी समेतको रोहबरमा उक्त खाजा घरमा चेकजाँच गर्दा दोहोरो लेबलिङ गरी राखेको बिभिन्न खाद्यपदार्थहरु भेटिएकोमा उक्त खाद्यपदार्थहरु बरामद गरी रेष्टुरेण्ट संचालक जिल्ला धादिङ धनुबेशी नगरपालिका वडा नं. ९ काफलचौर स्थायी घर भई हाल म्याग्दे-३ धयरेटारी बस्ने बर्ष ३७ को सेते तामाङलाई मंगलबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

पक्राउ परेका तामाङ उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट चार दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker