न्युनतम पारिश्रमिक निर्धारण समितिको अन्तरक्रिया

भञ्ज्याङ समाचारदाता/दमौली

न्युनतम पारिश्रमिक निर्धारण समितिले तनहुँका पत्रकारहरुसंग अन्तरक्रिया गरेको छ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संयोजनमा बुधबार दमौलीमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । समितिका सदस्य ऋषिकेश श्रेष्ठले सञ्चारकर्मीहरुले न्युनतम पारिश्रमिक निर्धारण समितिले तय गरे अनुरुप पाए नपाएको र जिल्लाको सञ्चार क्षेत्रका विषयमा जानकारी लिएको थियो ।

जिल्ला जिल्लामा पुगेर कर्यक्रमको आयोजना गरेको बताउँदै सदस्य श्रेष्ठले कोभिड-१९ का कारण प्रभावित भएका सञ्चारगृह र सञ्चारकर्मीलाई परेको गुनासाहरु लिएर सूचना तथा सञ्चार मन्त्रालयमा पेश गरी कार्यन्वयमा लैजाने उद्देश्य रहेको बताए ।

समितिले हालसम्म लमजुङ, पोखरा, भक्तपुर र तनहुँ गरी चार जिल्लाका सञ्चारगृह र सञ्चारकर्मी सहभागि गराएर उनीहरुको समस्याका बारेमा बुझने कार्य गरिएको सदस्य श्रेष्ठले बताए । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रदीप काफ्लेले जिल्लाबाट बाहिरीने विज्ञापन प्रणालीलाई रोक्न सके न्युनतम पारिश्रमिक निर्धारण समितिले तय गरे अनुरुप मापदण्ड कायम गर्न सकिने बताए ।

महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्ष प्रकाशचन्दै भट्टराइ लगायतले सञ्चारगृहलाई सबल र सक्षम भएमात्र सञ्चार्रर्कीहरुले तोकेको पारिश्रमिक पाउनसक्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker