भिमाद बजारमा अनुगमन, म्याद गुज्रिएका वस्तु नष्ट

तनहुँको भिमाद नगरपालिका–६ स्थित बजार क्षेत्रमा बिहीबार अनुगमन गरिएको छ । तनहुँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी नेतृत्वमा गएको सरोकारवालाको टोलीले भिमादमा रहेका पसलहरुमा अनुगमन गरिएको हो।

जिल्ला बजार अनुगमन समितिका संयोजक एवं पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीको संयोजकत्वमा भएको अनुगमनमा कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल एवं पशु विज्ञ केन्द्र, दमौली अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि एवं भिमाद नगर उद्योग वाणिज्यका प्रतिनिधि, भिमाद इलाका प्रहरी कार्यालयका प्रमुख सहभागी थिए।

टोलीले भिमाद बजारका विभिन्न किराना पसल, होटल, डिपाटमेन्टर स्टोर्स, मासु पसल, पशु तथा एग्रो फर्म, मेडिकल तथा स्वस्थ्य क्लिनिक गरी ३१ वटा पसलमा अनुगमन गरेको थियो। सो क्रममा १५ हजार रुपैयाँ मूल्य बराबरका म्याद नाघेका एवं अखाद्य सामग्री नष्ट गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker