तनहुँको शुक्लागण्डकीमा मेशिनको फिताले च्याप्दा मजदुरको मृत्यु

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक मजदुरको मेशिनमा च्यापिएर ज्यान गएको छ । शुक्लागण्डकी-२, च्यवनधामस्थित साँखरको न्यू श्रेष्ठ ब्लग उद्योगमा कार्यरत बेलौरी नगरपालिका-९, कञ्चनपुर घर भएका बर्ष २१ का केशव चौधरीको ज्यान गएको हो ।

घट्ना भएको थाहा पाएपछि स्थानीयले चौधरीलाई निकालेर तनहुँ सेवा हस्पिटल ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको थियो । उद्योगमा एक्लै काम गर्दै आएका चौधरीलाई क्रसरको मेशिनको फित्ताले च्याप्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनले भने, ‘यसअघि पनि मेशिनमा समस्या आउने गरेको रहेछ । जोखिम मोलेर काम गर्दा घट्ना भएको देखिन्छ । घट्नाबारे थप अनुसन्धान अगाडी बढाइएको छ ।’ प्रहरी निरीक्षक खड्काका अनुसार मृतक चौधारी मेसिनमा एक्लै काम गर्दै आइरहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker