भानुको नगरस्तरीय प्रधानाध्यापक बैठक : नगरस्तरीय परीक्षा समिति गठन

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको नगरस्तरीय बैठक सम्पन्न गरिएको छ । बैठकले नगरपालिका भित्रका विद्यालयका सबै कक्षाको परीक्षामा एकरुपता कायम गर्न नगरस्तरीय परीक्षा समिति गठन गरेको छ ।

नगरपालिकास्तरीय सबै कक्षाका परीक्षामा एकरुपता कायम गर्न तथा गुणस्तरीय एवं स्तरयुक्त परीक्षा सञ्चालन तथा मूल्याङ्कन गर्नका लागि नगरस्तरीय परीक्षा समिति गठन गरिएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए । गठित समितिले नगरस्तरीय सबै कक्षाका परीक्षाहरु एकै समयमा एउटै प्रश्नपत्रबाट सञ्चालन गर्ने उनले बताए ।

हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक खत्री, चोक माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृत नेपाली, होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द भट्टराइ, शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक प्रसाद रानाभाट, नारायणी आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश पन्थ, विश्वज्योति प्राथमिक विद्यालय भकुन्थोकका प्रधानाध्यापक नारायण बसेल, शिवालय प्राथमिक विद्यालय खरीपानीका प्रधानाध्यापक विष्णु नेपाली गरी सात सदस्य परीक्षा समिति गठन गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद खतिवडाको अध्यक्षतामा आयोजित नगरस्तरीय प्रधानाध्यापक बैठकमा नगर प्रमुख आनन्दराज त्रिपाठी बैठकलाई सम्बोधन गर्दै सबै अनुशासित र मर्यादित रुपमा तोकिएको जिम्मेवारी पुरा गर्नुपर्ने बताए । उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाको आन्तरिक स्रोत तथा सम्भावित वाहृय स्रोत पनि परिचालन गर्न आँफू सधैं सकारात्मक रहेको बताउँदै शिक्षा क्षेत्रको विकास नभई अन्य कुनै पनि क्षेत्रको विकास नहुने हुँदा यो क्षेत्र सधैं नगरपालिकाको प्राथमिकतामा रहनेमा जोड दिए ।

नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले प्रधानाध्यापक बैठकका एजेण्डाहरु प्रस्तुतीकरण गर्दै गत आर्थिक वर्ष २०७८/०७९ मा शिक्षा युवा तथा खेलकुद शाखाबाट सम्पादन भएका विभिन्न गतिविधिका साथ कार्य प्रगति समीक्षा सार्वजनिक गरेका थिए । नगर शिक्षा अधिकारी पौडेलले विद्यालयबाट सम्पादन गरिनुपर्ने विविध कामहरु तथा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरका सूचनाका विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

गत आवको वार्षिक निकासा पत्र वितरण, आइइयमआइयस अपडेट, सम्पत्ति विवरण फाराम समयमा नै बुझाउने, विद्यालयमा वितरित सामग्री र सोको सदुपयोग गर्ने गराउने, पहिलो त्रैमासिक निकासा माग गर्ने, दिवा खाजा कार्यक्रमको सोधभर्ना माग गर्ने, कक्षा १-३ को सुधारात्मक मूल्याङ्कन पद्धतिको अभिलेखीकरण फाराम तयारी र प्रयोग, नगर शिक्षा समितिले पूर्णता पाएको जानकारी, गत आवमा भौतिक निर्माणका कार्यक्रम परेका विद्यालयहरुको कार्यप्रगति समीक्षाका विषयमा सहभागिहरुलाई जानकारी गराइएको नगर शिक्षा अधिकारी पौडेलले बताए ।

यस्तै, नगरपालिकाबाट निर्माण हुन लागेका स्वयंसेवक शिक्षक परिचालन कार्यविधि २०७९, प्राविधिक छात्रवृत्ति वितरण कार्यविधि २०७९ तथा विद्यालय शिक्षक कर्मचारी नियुक्ति र व्यवस्थापन सम्बन्धी आन्तरिक नमूना कार्यविधि २०७९ का विषयमा पनि सहभागि प्रधानाध्यापकहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १० का वडाध्यक्ष हरिहर उप्रेतीले शिक्षा क्षेत्रको चौतफिर् विकासका लागि आफू हर तरहले लाग्ने प्रतिवद्धता जनाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद खतिवडाले शिक्षा शाखाबाट सम्पादित विभिन्न नवीन कार्यक्रमहरुको चर्चा गर्दै प्रधानाध्यापक बैठक जस्तो बौद्धिक फोरममा साक्षात्कर भई छलफल गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि नगरको आर्थिक स्रोतले भ्याएसम्म शैक्षिक क्षेत्र सुधारका लागि आँफू सधैं सकारात्मक र प्रतिवद्ध रहने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker