जोखिमपुर्ण औषधी बिक्री गरेको आरोपमा दमौलीबाट एक महिला पक्राउ

मानवशरिरमा जोखिम हुने औषधी बिक्री गरेको आरोपमा तनहुँ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले व्यास नपा–२ गणेशमानचोक स्थित प्रसन थापा मेडिकल हलबाट केशी माया थापा मगरलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

व्यास नपा–२ स्थित गणेशमानमार्ग स्थित धन बहादुर मास्के राना मगरको नाममा दर्ता रहेको प्रसन थापा मेडिकल हलमा बस्ने ५३ बर्षीय केशी माया थापा मगरले ग्राहकलाई इजाजत प्राप्त व्यक्ति (डाक्टर)को सिफारिस बिना मानव शरीरमा गम्भीर असर हुने जोखिमपूर्ण औषधि बिक्री बितरण गरेको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा उक्त पसल खानतलासी गर्दा prenura 75 pregabalin Capsules पत्ता १२, prenura 150 pregabalin Capsules पत्ता १२ र Dicyclomine hydrochloride tablet पत्ता ८८ फेला परेको हुँदा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सो क्रममा उक्त औषधी बरामद गरी निज थापा मगर उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ को दफा २३४ को उपदफा १ बमोजिम तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker