देवघाटमा राष्ट्रिय परिचयपत्र दर्ता सम्बन्धी अभिमुखिकरण

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिकामा मंगलबार राष्ट्रिय परिचय पत्र दर्ता अभियान सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले राष्ट्रिय परिचय पत्र दर्ता अभियानका विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा देवघाट गाउँपालिकाका निर्वाचिन अधिकृत थमनसिं थापा र देवघाट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तिल बहादुर थापाले राष्ट्रिय परिचयपत्रका विषय आ-आफ्ना धारणा व्यक्त गर्दै अभियान सफल बनाउन सबैलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा देवघाट गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष भुवनसिंह गुरुङ, देवघाट गाउँपालिका प्रशासकीय अधिकृत रमेश सुवेदी, देवघाट-१ वडा अध्यक्ष मनीराज गुरुङ, देवघाट-२ वडा अध्यक्ष मिन बहादुर राना, देवघाट-३ वडा अध्यक्ष टेक बहादुर आले, देवघाट-४ वडा अध्यक्ष मित्रलाल गुरुङ, देवघाट-५ वडा अध्यक्ष पुर्ण बहादुर कुवँर लगायतको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker