तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित खड्गदेवी मन्दिरमा पूजापाठ

दमौली : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिरमा फूलपाती दिन आज पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ । वर्षको नौ दिन नवरात्रका अवधिमा मात्रै खुल्दै आएको उक्त मन्दिर गत असारदेखि दैनिकरूपमा सर्वसाधारणका लागि खुला हुँदै आएको छ ।

बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिरमा पूजाआजाका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको स्थानीय किसान प्रधानले जानकारी दिनुभयो । यसअघि नवरात्रका दिन नौ दिनमात्रै खुल्ने मन्दिर दैनिकरूपमा सर्वसाधारणका लागि खुला गरिएपछि यहाँ आकर्षण थपिएको उहाँको भनाइ छ ।

लामो प्रयासपछि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको खड्गदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आनन्दमान जोशीले जानकारी दिनुभयो । करिब छ सय वर्षभन्दा पुरानो यस मन्दिर जातीय सहिष्णुताको प्रतिक मानिने जोशीको भनाइ छ । यस मन्दिरमा कामी, मगर र बाहुन जातिका तीन पुजारीहरू रहेका छन् ।

भगवान शिवजीले राजा मणीमुकुन्द सेनलार्ई दिएको तरबार राजा मुकुन्द सेनले एक ब्राहृमणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको, यस तरबारले नागको रुप लिएर घरको परिक्रमा गरिरहेपछि धार्मिक अनुष्ठान गर्ने कार्य गरिएको र नागले तरबारको रुप धारण गरी उडेर बन्दीपुर डाँडामा खसेर उछिट्टिएर यस ठाउँमा भगवान् शिवजीको सन्देश स्वरुप खड्गदेवीको रूपमा प्रकट भई स्थापना भएको धार्मिक किंवदन्ती रहेको छ ।

यहाँका बन्दीपुरेहरूले इष्ट देवताको रूपमा पुजिने देवीको यस मन्दिर वर्षको नौ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो । केही समय जमिन छोडेर हावामा सयर गरेपछि मन्दिरको दर्शन गर्दा सबल, सक्षम, कुशल नेता, प्रशासक र सत्कर्मी बन्न सक्ने आशीर्वाद पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ । विशेषगरी सेना, प्रहरी र फलामको कार्य गर्नेहरूका लागि मन्दिर दर्शन फलदायी हुने मन्दिरका पुजारी भरतमणि भट्टराईले बताउनुभयो ।

मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मन्दिर खुला रहने मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेले जानकारी दिनुभयो । यस मन्दिरमा फूलपातिको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अङ्कित झल्लरमा उल्लेख छ । मन्दिरमा पूजाआजाका लागि विस १९१६ मा एक गुठीको स्थापना गरी सञ्चालन सुरू गरिएको नेपाल अधिराज्यमा तनहुँ नामक डिल्लीराम मिश्रको पुस्तकमा उल्लेख गरिएको छ ।

खड्गदेवी मन्दिरमा हरेक दसैँको फूलपातिका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलार्ई बजारमा शोभायात्रा गरिन्छ । खड्ग शोभायात्रा गर्दा बन्दीपुरका सबै जातजातिका व्यक्ति सहभागी हुन्छन् । शोभायात्रामा हजारौँको सङ्ख्यामा उपस्थिति हुने गरेको मन्दिर व्यवस्थापन समितिले बताएको छ । मन्दिर पहिले ढुङ्गै ढुङ्गाबाट निर्माण गरिएको थियो । पछि राजाचन्द्र शमशेरको पालामा दरबार शैलीमा मन्दिर रूपान्तरण गरियो । अहिले भने त्यहाँ तामाको छाना राखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker