१२ स्वर्णसहित व्यासलाई राष्ट्रपति रनिङ शिल्ड, विद्यालयभरमा सत्यवती पहिलो, मित्रता दोश्रो र पञ्चमुनिदेव तेश्रो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा आयोजना गरिएको १२औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा व्यास नगरपालिकाले १२ स्वर्णपदक सहित राष्ट्रपति रनिङ शिल्ड हातपार्न सफल भएको छ । बीपी वन वाटिका र दमौली खेल मैदानमा सञ्चालन गरिको प्रतियोगितामा सर्वाधिक पदकका साथ नगरपालिकालाई शिल्ड प्रदान गरिएको हो । यस अघि विद्यालयलाई नै शिल्ड दिने गरिएकामा यस पटकबाट धेरै पदक प्राप्त गर्ने तहलाई शिल्ड दिन थालिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले बताए ।

प्रतियोगितामा व्यास नगरपालिकाले १२ स्वर्ण, नौ रजत र पाँच कास्य पदक पाएको छ । प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालय पहिलो हुन सफल भएको छ । बिगतमा एक पटक शिल्ड उचालेको र एक वर्षअघिको प्रतियोगितामा प्रथम भएको सत्यवती यसपाली पनि पहिलो हुन सफल भएको छ ।

प्रतियोगितामा सत्यवतीले छ स्वर्णसहित १२ पदक पाएको छ । उसका पोल्टामा तीन रजत र तीन कास्य पदक परेका छन् । सत्यवतीपछि आँबुखैरेनीको मित्रता मावि आएको छ । प्रतियोगितामा दोश्रो भएको मित्रताले पाँच स्वर्ण, दुइ रजत र दुइ कास्य पदक जितेको छ ।
यस्तै, तीन स्वर्ण, दुइ रजत र एक कास्य पदक पाएको शुक्लागण्डकीको पञ्चमुनीदेव माध्यमिक विद्यालय तेश्रो भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विजेतालाई पुरस्कृत गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा भएको प्रतियोगिताको शुक्रबार शुभारम्भ गर्दै तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले खेल क्षेत्रको विकासमा लागि पर्ने प्रतिवद्धता जनाएका थिए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले खेल क्षेत्रको विकास र युवा सहभागिता बढाउन प्रतियोगिताको भूमिका रहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker