झोलुङ्गे पुलले छोटियो दूरी

मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ ।

दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि विद्युत्को हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष ढिलो गरी उक्त पुल हालै सम्पन्न भएको हो । एन टाइपको सस्पेन्सन किसिमको करिब दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्ला पूर्वाधार कार्यालय तनहुँमाले सो पुल बनाएको हो ।

रु दुई करोड ६४ लाखमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इन्चार्ज इञ्जिनीयर शेखर रायमाझीले जानकारी दिनुभयो । पिजन हिल होटल सञ्चालकसमेत रहनुभएका विवेक सापकोटाले दुई वडालगायतका करिब दश हजार बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । पुल बनेपछि स्थानीयलाई बिरामी हुँदा निकै राहत मिलेको व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोलले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker