म्याग्देको एकीकृत घुम्ती शिविरबाट आठ हजार बढी सर्वसाधारणले लिए सेवा

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट आठ हजार जनालाई सेवा प्रदान गरिएको छ। वडास्तरमै पुगेर एकीकृत सेवा दिने उद्देश्यसहित आयोजित शिविरमा सातवटै वडाका गरी आठ हजार बढीलाई सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गत असोज ६ गतेदेखि सुरु भएको शिविर कात्तिक १२ गते सकिएको छ ।
सेवा लिन पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले घरदैलोमा पुगेर सेवा दिएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । पालिकाको पहुँच भन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रुपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजस्व संकलन लगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु सहज तरिकाले जनतासामु पु¥याउने उद्धेश्य अनुसार एकीकृत घुम्ती शिविर गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । उनले भने, “जनतालाई पालिकासम्म आउन नपरोस् भनेर वडास्तरमै पुगेर सेवा दियौ । एकीकृत घुम्ती शिविर सफल भएको छ ।”
शिविरमा स्वास्थ्य तर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परीक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परीक्षण सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
कृषितर्फ उन्नत जात बीउविजन वितरण, विभिन्न अनुदानका सूचनाका माग संकलन, पशु सेवा तर्फ बिरामी पशुपंक्षीहरुको उपचार, पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप सेवा प्रदान गरिएको छ ।
पञ्जिकरण सेवातर्फ जन्म दर्ता, बसाइसराइ, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिसहरु, उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सूचीकृत सेवा उपलव्ध गराइएको अधिकारीले उल्लेख गरे ।
वडा नम्बरको १ को बाख्रे, बच्र्याङ, गुणादी, वडा नम्बर २ को गुन्जरा र पार्टीचौर, वडा नम्बर ३ को झिमिरे चोक र निर्मलबस्ती, वडा नम्बर ४ को कोलडाँडा स्वास्थ्य भवन, गणेश मावि, वडा नम्बर ५ को माथिल्लो घडेरी, छाङ पाटन, साउनेपानी, बोटेनीटार, वडा नम्बर ६ को सर्वलाङ, रत्न मावि, तिलाहार, गाउँस्वारा र अकला सामुदायिक भवन र वडा नम्बर ७ को समिधारा स्वास्थ्य केन्द्र, तिल्याटार सामुदायिक भवनमा शिविर सञ्चालन गरिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker