तनहुँको पाउँदी खोलामा पौडी खेल्ने क्रममा डुबेर सुन्दरबजारका एक बालकको मृत्यु
भञ्ज्याङन्यूज

पौडी खेल्ने क्रममा खोलामा डुबेर तनहुँमा एक बालकको मृत्यु भएको छ । तनहुँको भानु नगरपालिका-११ मानेचौका स्थित पाउँदी खोलामा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु भएको हो ।
मानेचौका स्थित पाउँदी खोलामा दिउँसो करिब १३:४५ बजेको समयमा पौडी खेल्दै गरेका लमजुङ जिल्ला सुन्दर बजार नगरपालिका-६ अरेलुचौर बस्ने बालक समर्पण परियार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।
प्रहरीका अनुसार पौडी खेल्ने क्रममा खोलाले बगाएर करिब ८ सय मिटर तल पुर्याउँदा उनको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










