दमौलीमा दोस्रो दोभान कप फुटबल प्रतियोगिता हुने
भञ्ज्याङ न्यूज

तनहुँको व्यास-१ भादगाउँको दोभान युवा क्लवले दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।
दमौली स्थित खेल मैदानमा मंसिर २९ गतेदेखि ७ए साइड फुटबल प्रतियोगिता सञ्चालन गरिने क्लवले जनाएको छ । व्यास-३ स्थित विपी वनवाटिका खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष नरबहादुर दरैले बताए ।
प्रतियोगितामा विजेताले नगद दुइ लाख ५ हजार ५५५ र उपविजेताले १ लाख १५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष दरैले बताए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार पाँच सय, उत्कृष्ट गोलरक्षकलाई पाँच हजार पाँच सय र र्सवाधिक गोलकर्तालाई पाँच हजार रुपैयाँ र म्यान अफ दि म्याचलाई १ हजार पाँच सय रुपैयाँबाट पुरस्कृत गरिने छ ।
क्लवका अनुसार प्रतियोगिताका लागि टिम दर्ता शुल्क ८ हजार र धरौटी १ हजार पाँच सय रुपैयाँ राखिएको छ । प्रतियोगितामा तनहुँ अतिरिक्त नेपाल भरिका क्लवहरुले सहभागी लिन पाउने भएका छन् ।










