नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनोट

गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ ।

जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी सो प्रतियोगिताका लागि खेलाडी छनोट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गरिने उहाँले बताउनुभयो ।

भदौ ९ गते उसुको घिरिङमा, बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल माविमा खेल सञ्चालन गरिने जनाइएको छ । त्यस्तै भदौ १० गते फुटबल, भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, कबड्डीको दमौली र तेक्वान्दोको खैरेनीटारमा खेल सञ्चालन गरिनेछ ।

भदौ ११ गते भलिबल, बास्केटबल, टेवलटेनिस, बुद्धिचाल र कराँतेको दमौलीमा, आइटिएम तेक्वान्दोको भिमाद र फुल कन्ट्याक्ट करातेको शुक्लागण्डकीमा खेल सञ्चालन हुने कार्यतालिका सार्वजानिक गरिएको छ । करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो ।

राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।

बास्केटबल खेलाउने सम्भावना

प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशका प्रत्येक जिल्लामा कम्तीमा एउटा खेल खेलाउने तयारी गरिएको छ । यसका लागि तनहुँमा बास्केटबलको सम्भावना छ । व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा खेलकुद परिषद्कै सहयोगमा मापदण्डअनुसारको बास्केटबल कोर्ट निर्माण गरिएकोे अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रतियोगिताअन्तर्गत गठित खेल व्यवस्थापन उपसमितिलाई पनि सोही सुझाव दिइएको जनाइएको छ । गण्डकी प्रदेशमा हुन लागेको नवौँ खेलकुद प्रतियोगिता सफल पार्नु सबै प्रदेशवासीको जिम्मेवारी भएको जनाउँदै तनहुँ पनि उक्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker