डोल्पाको शे–फोक्सुण्डो ताल

के.बि. मसाल

जैविक विविधताको भण्डारको रुपमा चिनिने र क्षेत्रफलको हिसाबले नेपालको सबै भन्दा ठूलो हिमाली जिल्ला हो डोल्पा । डोल्पा भौगोलिक रुपमा अत्यन्त विकट र ठूलो हिस्सा उच्च पहाडि तथा हिमाली भू–भागले ओगटेको छ । चारैतिर हिमालले घेरिएको झवाट्ट हेर्दा चतुर्भुज आकारको बनौटको डोल्पा कम मात्रामा मनसुनी बर्षाहुने भएकोले डोल्पालाई च्बलष क्जबमयध ब्चभब पनि भनिन्छ ।
शे–फोक्सुण्डो सफा, शान्त र निर्मल पानी, कान्जिरोवा हिमालको काखैमा रहेको छे । झट्ट हेर्दा कहिले गाढा निलो त कहिले फिक्का र हरियो देखिने शे–फोक्सुण्डो तालको पानीले पर्यटक रमाउछन। कर्णाली प्रदेशको डोल्पामा रहेको शे–फोक्सुण्डो ताल केहि वर्ष यता आएर पर्यटकको गन्तब्य बनेको छ। दुर्गम जिल्ला भएपनि पर्यटकहरुलाई डोल्पाको प्राकृतीक सम्पदाले सवैलाई रमणिय बनाएको छ । शे–फोक्सुण्डो ताल नेपालको सबै भन्दा गहिरो ताल मानीन्छ। यस तालबाट निस्कने पानीको झर्नालाई सुलिगाड झर्ना भनिन्छ । जुन झर्नाले शे–फोक्शुण्डो तालमा पुग्ने पर्यटकहरुलाई थप रमणिय बनाई दिएको छ। शे–फोक्सुण्डो ताल स्वच्छ सफा पानीको सतह ६ सय ५० मीटर गहिरो रहेको छ। भने तालको लम्बाई ४.८ किलोमिटर र १.८ किलोमिटर चौडाई क्षेत्रफल रहेको छ ।
तर अझैं पनि पर्यटकलाई शे–फोक्सुण्डोसम्म पुग्न भने सहज भने छैन। समुद्रीय सतहबाट तीन हजार ९९० मिटर उचाईमा रहेको शे–फोक्सुण्डो पुग्न डोल्पा सदरमुकाम दुनै देखि दुई दिन पैदल यात्रा गर्नु पर्दछ । डोल्पामा शे–फोक्सुण्डो बाहेक दर्जनौ भन्दा बढी पर्यटकीय सम्पदाहरु छन् । तर ती सबै पर्यटकीय स्थलहरु पूर्वाधार निर्माणको पखाईमा रहेका छन् । पर्यटकहरुले सडक सञ्जाल नभएकाले पैदल, घोडा, खच्चड को सहारामा यात्रा गर्नुपर्छ। डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिन अझै तीन किलोमिटर बाँकी छ । अहिले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती सम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
्शे–फोक्सुण्डो ताल नजिक रहेको रीन्मो गाउँमा पर्यटकहरुको लागि बनाइएको केही होटल र निकुञ्ज रक्षाका लागि रहेको सेनाको व्यारेक बाहेक अन्य कतै बस्ती छैन । शे–फोक्सुण्डो तालको यात्रा पछी माथील्लो डोल्पा यात्रा गर्दा ५ हजार ५ सय मिटर उचाई भएका ४ वटा पहाड पार गर्नुपर्दछ । कतिपय पर्यटकहरुलाई अक्सीजनको कमी भै स्वास प्रश्वास क्रियामा समेत अबरोध हुन्छ । त्यसैले यात्रा गर्दा औषधी समेत लैँजादा राम्रो हुन्छ । माथील्लो डोल्पामा बिश्वकै बढि हिम चीतुवा पाईने स्थान हो । पैदल यात्रा गर्दा बाटोमा थुपै्र जंगली जनावरहरु भेटिन्छन । यात्रामा जादाँ समुह भएर जादाँ राम्रो मानीन्छ ।
डोल्पा जिल्लामा तिब्बती संस्कृति रहेको छ । जनश्रुती अनुसार गुरु रिम्पोछेले डोल्पामा बुद्धमार्गीको पवित्र धार्मीक स्थलका रुपमा सिर्जना गरेका थिए । तिब्बतसंग जोडिएको क्षेत्र भएकोले डोल्पाका अधिकांश मानिसहरु बौद्धधर्म मान्दछन । उपल्लो डोल्पामा साल्दाङ, मिजेर, तिन्जे, मुकोट, छार्का र धो नामका गाउँहरु छन । समुन्द्रको सतहबाट करिव ५ हजार मिटरको उचाईमा रहेको छार्का गाउँ विश्वकै अग्लो स्थानको मानवबस्ती मानिएको छ। उपल्लो डोल्पाको साल्दाङमा रहेको यात्सेर गुम्वा नेपालको पुरानो सास्कृतिक धरोहरको प्रतिक हो । कलाकौशलको अनुपम सृजनाले भरिपूर्ण यात्सेर गुम्वाको निर्माणशैली मौलीक र विशिष्ट प्रकारको मानिन्छ । पुरातात्विक र ऐतिहासिक महत्वको यो गुम्वा ८ सय बर्ष अघि बौद्ध धर्मगुरु छोग्याल पासाङगले निर्माण गराएका थिए । गुम्वा भित्र सातसय बर्षभन्दा पुराना भित्तेचित्र र मूर्तीहरु राखिएका छन । जसले गर्दा त्यहा पुग्ने पर्यटकहरुलाई अध्यन गर्न सजिलो भएको छ ।
प्राकृतिक सुन्दरताको हिसाबले रमणीय गन्तब्यमा पर्दछ डोल्पा । तर बिकट हिमाली भुभाग पैदल मार्गीका रुपमा यात्रा गर्दा कठीन भने छ । तर, डोल्पाको आनन्द त्यहाँ पुगेपछि मात्र थाहा पाउन सकिन्छ । डोल्पाको शे–फोक्सुण्डो ताल मात्र होईन शे–फोक्सुण्डो राष्ट्रिय नीकुञ्ज, त्रिपुरा सुन्दरी मन्दिर र शे–गुम्बाले पर्यटकहरुलाई आकर्षित गर्दछ । डोल्पा बिकट भएपनि त्यहाँको जैबिक बिबीधता, प्राकृतिक सौन्दर्यता, हिमाली ताल तलैया बौद्ध मार्गीहरुको गुम्बानै पर्यटकहरुको लागि आकर्षकको केन्द्र बिन्दु हो । डोल्पा पुगिसके पछि सुन्दर एवं मनमोहक हिमाली गाउ र विभिन्न जनजातीहरुको सस्कृतिले पनि डोल्पा पुग्ने पर्यटकहरुलाई थप अध्यनको स्रोत हुनजान्छ । डोल्पा पुगेपछि विश्वको सातौ अग्लो चुचुरो धौलागिरी, सिस्ने हिमाल, अपी हिमाल, सैपाल हिमाल, कान्दे हिमचुली, र तिब्वतको पहाडी दृष्य पनि अवलोकन गर्न सकिन्छ ।
शे–फोक्सुण्डो राष्ट्रिय नीकुञ्जमा १९६ प्रजातीका चराचुरुङगी, दुर्लभ मानिने कस्तुरी, ३२ प्रजातीका स्तनधारी हिमाली हावापानिमा पाईने जन्तु र ४ सय ७ प्रजातीका यार्चा गुम्बा लगाएतका दुर्लब जडिबुटी पाईन्छ । डोल्पालाई प्राकृतिक रुपले पनि दुई भागमा बिभाजन गरि दिएको छ । जसलाई तल्लो डोल्पा र माथील्लो डोल्पाको नाम दिइएको छ । नेपाल सरकारको उपल्लो डोल्पा भ्रमणमा जाने बिदेशी पर्यटकहरुलाई १० दिनको पाँच सय डलर शुल्क तोकेको छ । विदेशी पर्यटक एक्लै भ्रमणमा जान नपाउने नियम छ । त्यसैगरी तल्लो डोल्पा भ्रमण गर्दा १० डलर प्रति हप्ता शुल्क तिर्न पर्दछ । भरपर्दो सडक यातायात नहुदाँ पनि प्रत्येक बर्ष २ हजार देखि २५ सय सम्म बिदेशि पर्यटकहरु डोल्पाको शे–फोक्सुण्डो ताल हेर्न पुग्दछन् ।
भेरी नदीको किनारमा कर्णाली प्रदेशकै प्रख्यात मानिने त्रिपुरा सुन्दरीको मन्दिर छ । डोल्पाबासीको शक्तीे पीठको रुपमा रहेको त्रिपुरा सुन्दरीको मन्दिर चैते दशै र बडा दशैमा पञ्चबली, पुजापाठ हुनुको साथै ठुलो मेला समेत लाग्ने गर्दछ । डोल्पा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । पदयात्राको लागि डोल्पामा धेरै पर्यटकीय स्थलहरु छन् । दर्जनौं धार्मिकस्थलहरुको प्रचार–प्रचार पुर्वाधारको विकास गर्नसके तीर्थाटनका पर्यटकहरुको गन्तब्य बन्दछ। त्रिपुरा सुन्दरी मन्दिर इ.सं. १११४ सालमा स्थापना भएको हो । यस मन्दिरको भौगोलिक स्वरुपले पनि पर्यटकहरु आकर्षित हुन्छन। मन्दिरको पूर्वतर्फ सुन्दरी गंगा, पश्चिममा ताम्राबणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थलहरु रहेका छन् भने बीचको पहाडमा त्रिपुरा सुन्दरीको मन्दिर रहेको छ । मन्दिरमा महादेवले सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा सत्यदेवीको ढाड पतन भएको कुरा पाइन्छ ।
डोल्पा जिल्लाका गाउँका नामहरु पनि अधिकाशँ तिब्बती भाषामा रहेका छन् । पातलो बस्तीको रुपमा रहेका गाउँका नाम सु, साल्दान, सर्मी,ल्हा, लिकू, नर्कु, छार्का, घो, तीन्जे आदि रहेका छन् । उपल्लो डोल्पामा अझै पनि पाचँ पाण्डप अथवा बहुपति बिबाहको प्रचलन कायमै छ । जती भाईहरु छन् ती सबैले एक जना महिला संग बिबाह गर्ने प्रचलन अझै छ। एक भाई घरमा बस्ने अरु चाहीँ व्यापार, व्यवसायमा लाग्ने चलन छ । यसरी पालैपालो घरमा बस्ने र जन्मीएको बच्चाको बाबु चिनाउने जिम्मेबारी चाहीँ आमाको हुने गर्दछ । उपल्लो डोल्पामा तिब्बती मुलका मानिसहरुमा रहेको यो बहुपती प्रथाको बारेमा अध्ययन, अनुसन्धान गर्ने विद्यार्थीहरुको लागि डोल्पा जिल्लाको भ्रमण फदायी मानिन्छ ।
डोल्पा पुग्ने पर्यटकहरु जिल्ला सदरमुकाम दुनैमा बाहेक डोल्पा जिल्लाको दुर दराजका गाउँहरुमा पर्यटकहरुका लागि बस्नको लागि होटल सबै ठाउँमा पाइन्न । तर पनि होमस्टेका रुपमा बास बस्दा मोथेको चिया, उवा र गहुँको सातु, उसुनेको आलु खादाँ भने छुटटै आनन्द हुन्छ। डोल्पा भ्रमणमा जादाँ सकभर आफ्नो लागि आबश्यक पर्ने सबै बन्दोबस्तीका सामान लैजादाँ सजिलो हुन्छ । डोल्पा जानको लागि फागुन महीना देखि आश्वीन महीना सम्म उपयुक्त समय मानिन्छ । मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस् । भुपरिवेष्ठित देशका मानिस समुन्द्र देख्दा रमाँउदछन अनि सामुन्द्रिक भूगोलका मनिसहरु हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ । डोल्पामा वाह्य पर्यटकहरु हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न पुग्दछन ।
डोल्पामा पर्यटकहरु केका लागि भ्रमणमा जान्छन ? भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो । डोल्पाको भूगोलमा जैविक विविधताले प्रकृतिलाई सुन्दर बनाएको छ। डोल्पा यस आधारमा जैविक विविधताले पर्यटकीय गन्तव्य भएको छ । डोल्पा जाने पर्यटकहरुको अर्को उद्देश्य पदयात्रा हुन्छ । पदयात्राका लागि डोल्पा जिल्ला उपयुक्त स्थान हो । किनभने डोल्पामा सजिला अप्ठयारा जस्तो पनि हिमाली भूगोल छ । अहिले शे–फोक्सुण्डो मात्र होइन जुन ठाउँमा बढी पर्यटक पुग्ने गरेका छन् ती सबै जैविक विविधताका क्षेत्रहरु हुन् ।
नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी (सिमसार क्षेत्र) भेटिएका छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि छ हजारौको सख्यामा रहेको छ । जैविक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा पर्दछन । अधिकांश ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल मध्य सबै भन्दा गहिरो डोल्पाको शे–फोक्सुण्डो मानिन्छ । भौगोलिक रुपमा निकै बिकट भएपनि प्राकृतिक सुन्दरताले गर्दा डोल्पामा पदयात्रामा रमाउने पर्यटकहरु धेरै पुग्दछन । अग्लो पहाडको खोचमा रहेको शे–फोक्सुन्डो ताल र वरपरका अलौकिक सुन्दरताले पर्यटकहरु रमाउछन । डोल्पामा प्राकृतिक सुन्दरता, शे फोक्सुन्डो, त्रिपुरा सुन्दरी मन्दिर, जगदुला ताल, विश्वकै उच्च मानवबस्ती धो ताक्सी उपत्यका, राष्ट्रिय निकुन्ज, बहुमूल्य जडीबुटी यार्सागुम्बा लगायतका पर्यटकीय सम्पदाले गर्दा डोल्पामा पर्यटक पुग्दछन ।

कसरी जाने शे–फोक्सुण्डो

हिउदको समयमा डोल्पा जानको लागि रुकुम जिल्लाको चौरजहारी हुदै जाजरकोट–डोल्पा सडक मार्गबाट पनि डोल्पा पुग्न सकिन्छ । जाजरकोटबाट डोल्पा सम्मको ११७.७ किलोमिटर सडक पर्दछ । पैदल यात्रामा डोल्पा जाने कतिपय पर्यटकहरु पोखरा–बाग्लुङ–बुर्तिवाङ बसमा यात्रा गरी ढोरपाटन दृष्याबलोकन गरी रुकुम जिल्लाको टकसेरा, हुकाम, मैकोट, रन्मामैकोट हुदैँ ७ दीनको पैदल यात्रा पछि दुनै बजार पुगेर पनि शे–फोक्सुण्डो ताल पुग्ने गर्दछन् ।
पुथा, चुरेन र गुर्जा हिमालको काखमा रहेको ढोरपाटन प्राकृतिक आनन्द लिन हिमालि भागको दृश्यावलोकन र बन्यजन्तु सिकारको रोमाञ्च अनुभुति लिन पनि सक्दछन । ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो। ढोरपाटनके अर्को नाम हो बादलपारीको गाँउ। वरीपरी हिमालि दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनि हरीयो जङगल, जङगल मुनि मैदानि भाग अनि मानव ढोरपाटनमा छ। ढोरपाटनको गर्पा डाडाबाट कास्की, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, रुकुम जिल्लाका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका चुरेन पुठा, हिम चुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छ«े, निल गिरी, अन्नपुर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ। ढोरपाटन क्षेत्रमा हिमाल मात्र होइन्। रुद्र ताल, झनु ताल, पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरुलाई मनमोहक बनाउछ ।
शे–फोक्सुण्डो जान सबै भन्दा छीटो र आरामदायी यात्रा भनेको नेपालगंज–जुफाल हवाई यात्रा हो। यहाँबाट ३ घण्टाको पैदल अथवा १२ किलोमिटर जीपको यात्रामा सदरमुकाम दुनै बजार पुगिन्छ । त्यहाबाट दुई दिनको पैदल यात्रामा यात्रा पछि शे–फोक्सुण्डो पुगिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker