नेपाल आदिवासी जनजाति महासंघ तनहुँमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सनम

दमौली : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको ७औं अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मतरुपमा निर्वाचित भएको छ। अधिवेशनले अध्यक्ष जस्तो गरिमामय पदमा सनम तामाङलाई सर्वसम्मत रूपमा चयन गरेको छ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा सिद्धान्त थापा मगर, उपाध्यक्षमा शेरबहादुर बोते, महिला उपाध्यक्षमा शरु कुमाल, कोषाध्यक्षमा ठाकुर दरै, सह–सचिवमा पृथ्वी भुजेल तथा अन्य कार्यसमिति सदस्यहरू निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल आदिवासी जनजाति महासंघ तनहुँकी पूर्व अध्यक्ष बसुन्धरा घर्तीले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन । उनले नयाँ समितिले जिल्लाभित्र आदिवासी जनजाति समुदायका हक–अधिकार, विकास र पहिचानका मुद्दामा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।

७औं अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै महासंघ तनहुँको आगामी गतिविधि थप सशक्त तथा योजनाबद्ध हुने अपेक्षा गरिएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker