शुक्लागण्डकीका ४० युवालाई प्राविधिक तालिम

तनहुँको शुक्लागण्डकी नगरपालिकाको युवासंग नगर उपप्रमुख कार्यक्रम अन्तर्गत ४० जना युवाहरुलाई प्राविधिक तालिम दिइएको छ । नगरपालिकाले १२ वटै वडाका युवाहरुलाई एक महिने घरायासी विद्युतीय उपकरणको मर्मत सम्बन्धी तालिम प्रदान गरी दक्ष बनाएको हो ।

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले युवा विदेश पलायनलाई कम गर्ने उद्देश्यले यसबर्ष तीन वटा कार्यक्रम सुरु गरिएको बताए । उच्च शिक्षा हाँसिल गरेका युवाको रुचि पहिचान गर्ने र परामर्श दिने, प्राविधिक सीप प्रदान गर्ने र युवालाई माटो र उत्पादनसंग जोड्दै उत्पादित वस्तुको बजारीकरणसम्मको व्यवस्था मिलाउने गरी युवासंग नगर उपप्रमुख कार्यक्रम सुरुवात गरिएको उनले बताए ।

‘हामीले आर्थिक विकाससंग जोडिएर धेरै कार्यक्रम गर्नुपर्ने छ । संघीय मामिला मन्त्रालयले शुक्लागण्डकीलाई पनि छनौट गरेर १ करोडको कार्यक्रम स्वीकृत भएको छ’, उपप्रमुख विकले भने, ‘संघको ७५ लाख र नगरको २५ लाख गरी यो कार्यक्रम पनि छिट्टै सुरु गर्नेछौँ । तालिम पश्चात युवाहरुले स्वदेशमै लगानी गरेर आम्दानी गरेको वा विदेश नै गएको भएपनि राम्रो आम्दानी गरेको सुन्न पाउनेमा विश्वस्त छौ ।’

तालिम समापन कार्यक्रममा वडा नं. ५ का अध्यक्ष दीर्घबहादुर थापाले तालिम सकिएपछि सिकाई निरन्तर चलिरहने बताए । सहभागिकोतर्फबाट एक नारायण गौतमले अब बिग्रिएका घरायासी सामान मर्मतका लागि अन्यत्र धाउन नपर्ने र कवाडीको रुपमा बच्न नपर्ने बताउँदै तालिम निकै उपयोगी रहेको बताए । उनले थप यस्ता तालिमहरु ल्याउनुपर्नेमा जोड दिए । तालिममा ८६ जनाको आवेदन परेकोमा ८० जनाको अन्तरवार्ता लिइ ४० जना छनौट गरिएको थियो । सहभागीहरुले राइस कुकर, मिक्सर, इन्डक्सन चुलो, फ्रिज, वासिङ मेसिन, पानी तताउने जग, पङ्खा लगायतका घरायसी सामानको मर्मतबारे सीप सिकाइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker