बसको ठक्करबाट आँवुखैरेनीमा पैदल यात्रीको मृत्यु
भञ्ज्याङ न्यूज
तनहुँमा शनिबार बिहाना यात्रु बहाक बसले ठक्कर दिदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । आँवुखैरेनी गाउँपालिका-३ स्थित गाउँपालिका चोकमा बिहान करिब ७:३५ बजेको समयमा पैदल हिडिरहेका स्थानीय ४० वर्षीय मिन बहादुर बि.क.लाई बसले ठक्करदिंदा गम्भिर घाइते भएका थिए ।
घाइते बि.क.को चितवन स्थित सियमसी अस्पतालमा उपचारका क्रममा बिहान करिब १०:४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वीराजमार्ग सडक खण्ड अन्तर्गत डुम्रेबाट आँवुखैरेनी तर्फजाँदै गरेको ग१ख ६३०७ नम्बरको बसले बि.क.लाई ठक्कर दिएको र उक्त घटना पश्चात बसलाई र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भानु शर्माले जानकारी गराएका छन् ।










