तनहुँको व्यास-१४ स्थित केशवटार माविमा “एक शिक्षक एक ल्यापटप” कार्यक्रम सञ्चालन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१४ स्थित केशवटार माध्यमिक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षकहरुलाई ल्यापटप वितरण गरेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयलाई प्रविधिमैत्री बनाउन उद्देश्यले विद्यालयका शिक्षकहरुलाई ल्यापटप वितरण कार्यक्रम सञ्चालन गरिएको वडाअध्यक्ष काजीमान श्रेष्ठले बताए ।

‘विद्यालयले एक शिक्षक, एक ल्यापटपलाई मुल उद्देश्यका साथ १५ जना शिक्षकलाई ल्यापटप प्रदान गरेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘संघ सरकारबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्राप्त ६ लाख ५० हजार तथा विद्यालयको आन्तरिक स्रोतबाट २० प्रतिशत गरी शिक्षकहरुलाई ल्याप्टप उपलब्ध गराइएको छ ।’

विद्यालयका शिक्षकहरूलाई प्रविधिसँग जोड्ने प्रयत्न स्वरुप सञ्चालन गरिएको यो कार्यक्रमले कोरोना कहरका कारण बालबालिकाको सिकाई अवरुद्ध हुँदै आएको र आगामि दिनमा प्रविधिको प्रयोगबाट सिकाई निरन्तरता गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

यस्तै, विद्यालयले नमूना विद्यालय बनाउने लक्ष्यका साथ शिक्षकहरुलाई कम्प्युटर सम्बन्धी प्रशिक्षण दिएर प्रविधिमैत्री बनाउँदै लगेको छ । कम्प्युटर सम्बन्धी ज्ञान नभएका शिक्षकलाई तालिमको व्यवस्था गरिएको र यस कार्यक्रम अन्तरगत केही शिक्षकले तालिम लिइएसकेको विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर आलेले बताए ।

विद्यालयमा २२ जना शिक्षक कार्यरत रहेकोमा कार्यक्रम अन्तर्गत पहिलो चरणमा कम्प्युटर सम्बन्धी ज्ञान भएका १५ जना शिक्षकलाई ल्यापटप प्रदान गरिएको उनले बताए । उनले भने, ‘विद्यालयमा २५ वटा डेस्कटप कम्प्युटर रहेको र प्रविधिको प्रयोग गरी स्मार्ट बोर्ड, टिभी लगायतका सामग्री प्रयोग मार्फ कक्षामा पठनपाठन गर्दै आएका छौ ।’

विद्यालयले माध्यमिक शिक्षा परीक्षा -एसइइ)मा सहभागी हुने विद्यार्थी र कक्षा ११ तथा १२ का विद्यार्थीलाई अनलाइनबाट पठनपाठन गराउँदै आएको छ । प्रविधिको उचित प्रयोग गरी विद्यार्थीहरुलाई समयानुकूल सीपयुक्त शिक्षा दिन विद्यालय लागि परेको प्रधानाध्यापक आलेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker