भोलीदेखि भारी वर्षाको सम्भावना, सचेत रहन तनहुँ प्रशासनको आग्रह

भञ्ज्याङ न्यूज

भोली बुधबारदेखि तीनदिनसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन तनहुँको स्थानीय प्रशासनले सर्वसाधरणलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनमा भोलीदेखि तनहुँमा भारी वर्षा हनु सक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

भारी वर्षाका कारण बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै प्रशासनले सचेत रहन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार सेती, मादी, मर्स्यादी, त्रिशुली, कालीगण्डकी लगायतका नदी र खोला छेउछाउमा नजान र्सवसाधरणलाई आग्रह गरिएको छ ।

त्यसैगरी कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालिन संचालन केन्द्रको फोन नं ०६६५६११६१ प्रमूख जिल्ला अधिकारीको फोन नं ९८५६०६७७७७, सहायक प्रमूख जिल्ला अधिकारीको फोन नं ९८५६००११११ र प्रहरी उपरीक्षकको फोन नं. ९८५६०६५५५५ मा सर्म्पर्क गरी जानकारी गराउन सकिने जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker