पर्यटकीय एवं धार्मिक क्षेत्रमा प्रवेश गर्न रोक

रासस/तनहुँ

तनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ। पछिल्लो समय पुनः महामारीका रूमा कोभिड-१९ को संक्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो । छाब्दी बाराही मन्दिरमा पूजाअर्चनाका लागि बन्द गरिएको छ । जिल्लास्तरी कोभिड संकट व्यवस्थापन समितिले मठमन्दिर लगायत धार्मिक र पर्यटकीयस्थलमा भीडभाड नगर्न निर्देशन दिएपछि सोमबारदेखि नै बन्द गरिएको छाब्दीबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले जानकारी दिनुभयो ।

त्यसैगरी ढोरबाराही मन्दिरमा आजदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ। नित्य पूजाअर्चना बाहेक भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । गत वर्ष चैतदेखि शुरु भएको कोरोना सङ्क्रमण असारपछि क्रमिकरूपमा घट्दै गएपछि मन्दिरमा भक्तजनको चाप बढ्दै गएको पुजारी चिरञ्जीवी लम्सालले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बेलचौतराबाट आएको प्रहरी टोली पूजाअर्चना मंगलबारबाटै रोक्न भने पनि टाढा-टाढाबाट भक्तजन आएकाले आजदेखि बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका-९ बाजस्थलमा रहेको ढोरबाराही मन्दिर भगवान् विष्णुको तेस्रो अवतारका रूपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । मनोकाङ्क्षा पूरा हुने भएकाले उक्त मन्दिरमा पूजाअर्चना र बलि दिनका लागि छिमेकी जिल्ला स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पाल्पा, नवलपुर, चितवनबाट भक्तजन आउने गर्छन् ।

कोरोना संक्रमण फैलिँदै जान थालेपछि जिल्लाका धार्मिक एवं पर्यटकीयस्थलमा मानिसलाई जमघट नहुन आग्रह गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । अनिवार्य मास्क लगाएर हिँड्न र जमघट भएर नबस्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो । जिल्लाका प्रसिद्ध धार्मिकस्थल अकला देवी, तनहुँ कालिका, थानीमाई, आँधीमूल, पर्यटकीयस्थल मानुङकोट, गलेखामकोट, परेवाडाँडा, बन्दिपुर लगायत क्षेत्रमा जमघट नहुन परिपत्रका साथ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker