गोविन्द भट्टराइ रामचन्द्र जत्तिकै योग्य : सभापति देउवा
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ-१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेल जत्तिकै योग्य रहेको बताएका छन् ।
वैशाख १० गते तनहुँ-१ मा हुने उपनिर्वाचनलाई लक्षित गरी बुधबार डुम्रेमा भएको चुनावी कोण सभामा सभापति देउवाले यसअघि निर्वाचित पौडेललाई आफूले राष्ट्रपति बनाएको र अब भट्टराइलाई जिताएर पठाए मन्त्री बनाउने बताए ।
‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन । यो भानुको जिल्ला हो । तर अब यो राष्ट्रपतिको भूमि पनि भइसकेको छ’, देउवाले भने, ‘तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टर्राई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस् । उहाँ पनि मन्त्री हुनुहोला ।’
देउवाले तनहुँमा भट्टराइलाई जिताउन आग्रह गर्दै स्थानीय जनताको मागबमोजिम टेक्निकल कलेज र अस्पताल बनाउने जिम्मा कांग्रेसले लिने बताए ।
‘यो चुनावबाट जे भए पनि सरकार फेरिने होइन, अब पाँच वर्षयही गठबन्धनको सरकार हुन्छ’, देउवाले भने, ‘तपाईंहरूले गोविन्दजीलाई जिताउनुभयो भने तनहुँको विकासमा सहयोग पुग्छ ।’










