व्यास नगर मेयर कप व्याडमिन्टनको उपाधि घले र विकको जोडीले जित्यो

दमौली : तनहुँको दमौलीमा आयोजित व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि विपीन घले र विश्वास विकको जोडीले जितेको छ । व्यास नगर व्याडमिन्टन क्लवको आयोजनामा शनिबार सम्पन्न फाइनल खेलमा अनिल श्रेष्ठ र कमल श्रेष्ठको जोडीलाई पराजित गर्दै घले र विकको जोडी प्रथम भएको हो ।
प्रतियोगितामा राम मल्ल र मनोहर कार्की तथा लक्ष्मण मल्ल र राजकुमार श्रेष्ठको जोडी सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ४० हजार, द्वितीय हुनेलाई रु २० हजार र सान्त्वना हुनेलाई रु दश हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै सि लेबलतर्फ खिम गुरुङ र डिबी गुरुङको जोडी प्रथम भएको छ । प्रतियोगतामा विनोद श्रेष्ठ र अनुज श्रेष्ठको जोडी द्वितीय भएको छ भने सुरेश गुरुङ र नितेश थापा तथा सुमन श्रेष्ठ र सर्जन थापाको जोडी सान्त्वना भएको छ ।
सि लेबलतर्फ प्रथम हुनेलाई रु ३० हजार, द्वितीय हुनेलाई रु १८ हजार र सान्त्वना हुनोलई रु छ हजार नगद पुरस्कार प्रदान गरिएको प्रतियोगिता संयोजक सुरेश गुरुङले जानकारी दिए ।
विद्यालय तर्फ मौसम राना र रसिम मल्लको जोडी प्रथम भएको छ भने आलोक थापा र विश्वास थापाको जोडी द्वितीय भएको छ । प्रथम हुनेलाई रु दश हजार र द्वितीय हुनेलाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
क्लवका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा विजेतालाई व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप राना, व्यास नगरपालिका–९ का वडाध्यक्ष सुरेश थापाले पुरस्कार वितरण गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker