ऋण लिएर वडामा खानेपानी पुर्‍याउने योजना

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ऋण लिएर वडावासीमा खानेपानी पुर्‍याउने योजना साकार हुन लागेको छ ।

नेपाल सरकारको ७० प्रतिशत ऋण र संस्थाको ३० प्रतिशत सहलगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाइएको थियो ।

आयोजनाको समग्रमा हालसम्म ४५ प्रतिशत कार्य सम्पन्न भइसकेको संस्थाका व्यवस्थापक इश्वर श्रेष्ठले जानकारी दिनुभयो। कूल रु २६ करोडको लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको ठेक्का पराजुली कन्स्ट्रक्सनले पाएको थियो ।

उक्त संस्थाले सानाठूला गरी चारवटा खानेपानी योजनाबाट वडावासीलाई पानी वितरण गर्दै आए पनि प्रशस्त मात्रामा खानेपानी आपूर्ति गर्न नसकेपछि मादीनदी लिफ्ट सहलगानीमा आयोजना सुरु गरेको हो । भादगाउँ सहलगानी खानेपानी आयोजनाअर्न्तर्गत ५२ किमीमध्ये करिब ४२ किमी दूरीमा शाखा लाइनका खानेपानी पाइप बिच्छयाइसकिएको छ ।

त्यसैगरी मुख्य पाइपलाइनको दुइ दशमलव एक किमी दूरीमा पाइप पर्ुर्ने कार्य सम्पन्न भइसकेको छ । त्यसैगरी, मादीनदी किनारमा सम्पवेलको निर्माण अन्तिम चरणमा पुगेको छ भने अर्को सम्पवेल खन्न सुरु गरिएको छ ।

त्यसैगरी सेडिमेन्टेसन टयाङ्कीको ९० र स्लो टयाङ्कीको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । विसं २०८० भदौभित्र सम्पन्न गर्ने गरी उक्त आयोजनाको सम्झौतापश्चात् निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको हो ।

व्यास नगरपालिका-४ को चुरेखोल्सीस्थित मादीनदी किनारबाट लिफ्ट गरी करिब पाँच किलोमिटर दूरीमा रहेको रिजर्भ टयाङ्कीमा पानी संकलनपश्चात् वडावासीलाई पानी वितरण गरिने छ । मुख्य खानेपानी टयाङ्की रहने अमिली भञ्ज्याङबाट शाखा टयाङ्की रहने भदु्रसम्म मुख्य खानेपानीको पाइप पनि बिच्छयाउन थालिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो ।

उक्त पम्प हाउसमा दुइवटा मोटरबाट प्रतिसेकेन्ड २६ लिटर पानी तान्न सकिन्छ । वर्षायाम सुरु हुनुअगावै मादीनदी किनारमा सम्पवेल भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना गरी ५२ वटा सार्वजनिक धाराबाट पानी दिन थालेको संस्थाले हालसम्म दुइ हजार छ सय बढी निजी धारा जडान गरी पानी उपलब्ध गराउँदै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker