देवघाटधाम क्षेत्रमा सरसफाई

पवित्र धार्मिक स्थल देवघाटधाममा माघेसंक्रान्ति पर्वका अवसरमा आएका भक्तजनबाट भएको फोहर सरसफाई गर्दै नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग देवघाटका कार्यकर्ता तथा स्थानीयहरु । देवघाट-५ भित्र पर्ने नेपालकै पवित्रधाम देवघाटको पुरानो झोलुङ्गे पुलको मुखदेखि हरिहर मार्ग, गलेश्वर मार्ग हुँदै बेनी संगम र नदीको किनार वरिपरि बृहत सरसफाइ गरिएको थियो । तस्विर : आशिक राना/भञ्ज्याङ










