तनहुँ-१ मा मतगणना सुरु

भञ्ज्याङ न्यूज

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आइतबार सप्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना कार्य सुरु गरिएको छ ।

सर्वदलीय बैठकले आइतबार राती ११:४५ बजेबाट मतगणना गर्ने निर्णय गरेपनि  १२:३० बजेबाट मत गणना कार्य सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौने १२ बजेदेखि मतगणना सुरु गर्न दलहरू सहमत भएका हुन् । भानु नगरपालिका-१० बाट मतगणना सुरु गरिएको छ ।

तनहुँ–१ मा आइतबार मतदान सम्पन्न भएलगत्तै ६९ मतदान स्थलका १५२ मतदान केन्द्रबाट मतपेटिका दमौली ल्याइएको थियो । अहिले जिल्ला समन्वय समिति परिसरमा मतगणना कार्य भइरहेको छ ।

मतगणना सुरु गरेपछि दुई दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तनहुँ-१ मा करिब ५२ प्रतिशत मत खसेको छ । १ लाख २३ हजार ३०५ मतदाता रहेकामा ६३ हजार ७५७ मत खसेको छ ।

बिहान ७ देखि साँझ ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई नगरपालिका र तीन गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्नका लागि एक हजार ३६८ कर्मचारी परिचालन गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker