नेपाल ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी चयन

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा कृष्णबहादुर केसी चयन भएका छन् । युनियनको बुधबार सम्पन्न सातौ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

युनियनको खुल्ला उपाध्यक्षमा विश्वनाथ अधिकारी, महिला उपाध्यक्षमा कमलादेवी काफ्ले, सेवा क्षेत्र उपाध्यक्षमा प्रमोद सोती, उत्पादन क्षेत्र उपाध्यक्षमा सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगार उपाध्यक्षमा देवी न्यौपाने पौडेल, सचिवमा पशुपति अर्याल, सहसचिवमा तीर्थराज परियार बर्देवा, हरिशचन्द्र कोइराला, कोषाध्यक्षमा कृष्णप्रसाद तिवारी, सहकोषाध्यक्षमा उर्मिला जलारी चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा रिआइत मियाँ, नारायण बानियाँ, सुदीप कंडेल, बुद्धिबहादुर बराली, रामबहादुर गदाल, रश्मी सेढाइ घिमिरे र सन्जु पौडेल लम्साल चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker