१५ वर्षपछि घाँटु नाच !

भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित भोटेश्वाँरामा शुक्रबार घाटु नाच प्रस्तुत गर्दै गुरुङ समुदायका किशोरीहरु ।

छिम्केश्वरी भोटेश्वाँरा बाउ तथा आमा समुहको आयोजना तथा स्थानीय युवाहरुको सक्रियतामा लोपको संघारमा पुगेको सति घाँटु नाँच १५ वर्षपछि नचाइएको स्थानीय कन्यादेवी माविका प्रधानाध्यापक सुर्यमानसिंह गुरुङले जानकारी गराए । वैशाख शुक्ल पूर्णीमादेखि सुरु भएको घाँटु नाँच सोमबारसम्म चार दिनसम्म नचाइने भएको छ ।

गुरुङ सस्कृति अनुसार माघ महिनामा बसन्त पञ्चमीबाट शुरु भएको घाँटु नाँच वैशाख पूणिर्मापछिको पञ्चमीमा समापन गरिन्छ । पछिल्लो समय घाँटुनाच पुस्तान्तरण हुन नसक्दा लोप हुँदै गएको छ । सती र बाह्रमासे गरी घाँटु नाँच दुइ प्रकारको हुन्छ ।

सतिघाँटु श्रीपञ्चमीमा शुरु भई वैशाख पूणिर्मामा अन्त्य गरिन्छ भने बाह्रमासे घाँटु जुन बेलापनि नाच्ने गरिन्छ । गुरुङ समूदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक-फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरुहरु बताउँछन् ।

सत्रौं सताब्दीदेखि घाँटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुइजना कन्यालाई स्थानीय भेषभूषामा सजाई मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्यको प्रारम्भ गरिन्छ । लमजुङ कास्की लगायतका जिल्लाहरुमा दुइ कन्यालाई मात्र नचाईने गरिए पनि तनहुँ, चितवन, गोरखा लगाष्तका स्थानहरुमा ३ कन्या वा विजोर संख्या पारी जति पनि कन्याहरुलाई समावेश गरेर घाँटु नचाउने प्रचलन छ ।

घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, श्रृंगार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ । गुरुङ समूदायको महत्वपूर्ण संस्कृतिको रुपमा रहेको घाँटुनाच पछिल्लो समय उत्सवको रुपमा पनि मनाउन थालिएको छ ।

परम्परागत संस्कृतिको संरक्षण गर्न तथा गुरुङहरुको पहिचानलाई जोगाउन विशेष महत्वका साथ विभिन्न मेला महोत्सवमा पनि घाँटु नाच पर््रदर्शन गर्न थालिएको छ ।

तनहुँको भानु नगरपालिका-१२ रयालेमा चण्डिपूर्णिामा दिन सति घाँटु नचाईदै ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker