गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना !

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आगामी तीन दिनसम्म देशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार तीन दिनसम्म देशका पहाडी क्षेत्रमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि उक्त प्रदेशमा भारी वर्षा भएको मौसमविद् श्रेष्ठले बताउनुभयो । “गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना छ, तर यो थोरै समय अर्थात् एकदेखि दुई घण्टा मात्रै वर्षा हुनेछ”, उहाँले भन्नुभयो ।

बाँकी प्रदेशका पहाडी भूभाग विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मोसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । कोशी प्रदेश र मधेस प्रदेशको तराईको केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ । पश्चिमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भूभाग सुक्खा रहेका छन् ती भूभागमा वर्षाको सम्भावन नरहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

रातिको समयमा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली तथा काँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker