बालदिवसका अवसरमा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न भानुमा विविध कार्यक्रम
भञ्ज्याङन्यूज

राष्ट्रिय बालदिवसका अवसरमा तनहुँको भानु नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित विविध कार्यक्रम सम्पन्न गरेको छ ।
‘बालबालिकामा लगानी-सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ भानुको शिक्षा शाखाले शुक्रबार बालबालिका लक्षीत विविध अतिरिक्त क्रियाकलापहरु गरेको हो ।
बालबालिकाको व्यापक र स्वतःस्फूर्त सहभागितामा सम्पन्न कार्यक्रमहरु बालमैत्री र उनीहरुको प्रतिभा प्रस्फूटनका लागि सहयोगी भएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले विश्वास व्यक्त गरे ।
शिक्षा शाखाले दिवसका अवसरमा मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता भानुको मध्य भागमा अवस्थित श्री होमराज लोहनी शारदा शिक्षा सदन मावि नारेश्वरटारको प्राङ्गणमा गरिएको थियो ।
त्यसैगरी आधारभूत तह (कक्षा ६-८) का लागि गायन तथा नृत्य प्रतियोगिता, आधारभूत तह (कक्षा ४-५) का लागि चित्रकला प्रतियोगिता र आधारभूत तह (कक्षा १-३) का लागि म्युजिकल चेयर प्रतियोगिता भानुका तीनवटा केन्द्रहरुमा एकसाथ सम्पन्न गरिएको नगर शिक्षा अधिकारी पौडेलले जानकारी गराए ।
तीनवटा केन्द्र मध्ये श्री चन्द्रावती मावि चुँदी, होरालो शाशिस मावि नारेश्वरटार र चोक मावि रामपुरटारमा प्रतियोगिता गरिएको थियो ।
नारेश्वरटार केन्द्रमा सञ्चालन गरिएको कार्यक्रमको उद्घाटन गर्दै भानुका नगर प्रमुख आनन्दराज त्रिपाठीले आगामी दिनमा स्थानीय सरकारले राष्ट्रिय बाल दिवसको नाराको भावना र मर्म बमोजिम भानुले पनि बालबालिकामा लगानी वृद्धि गर्दै जाने प्रतिवद्धता जनाए ।
यस्तै, मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम श्री जयबुद्ध इङ्ग्लिस बोर्डिङ स्कूल भानु-३ खहरे, द्वितीय श्री कालिका मावि भानु-९ डुम्रिखर्क, तृतीय श्री पूर्कोट मावि भानु-७ बसन्तपुर हुन सफल भएका छन् ।
गायन तथा नृत्य प्रतियोगितामा प्रथम श्री नारायणी आवि भानु-५ बारीफाँट, द्वितीय श्री होरालो शाशिस मावि भानु-२ नारेश्वरटार र तृतीय श्री जनजागृति मावि भानु-३ ढुकुर्दी -तुरतुरे) हुन सफल भएका छन् ।
चित्रकला प्रतियोगितामा श्री जनजागृति मावि भानु-३ ढुकुर्दी प्रथम, श्री विश्वज्योति प्रावि भानु-२ भकुन्थोक द्धितीय र श्री होरालो शाशिस मावि भानु-२ नारेश्वरटार तृतीय हुन सफल भएका छन् ।
म्युजिकल चेयर प्रतियोगितमा श्री मर्स्याङ्दी आवि भानु-३ खहरे प्रथम, श्री विश्वज्योति प्रावि भानु-२ भकुन्थोक द्धितीय र श्री नारायणी आवि भानु-५ बारीफाँटले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
यस्तै, चोक मावि रामपुरटार केन्द्रमा भएको गायन तथा नृत्य प्रतियोगितामा श्री कालिका मावि भानु-९ डुम्रिखर्क प्रथम, चोक मावि भानु-१० रामपुरटार द्धितीय र श्री त्रिभुवन मावि भानु-११ मानेचौका तृतीय हुन सफल भएका छन् ।
चित्रकला प्रतियोगितामा श्री चोक मावि भानु-१० रामपुरटार प्रथम, जनजागृति मावि भानु-१० चोक चिसापानी द्धितीय र श्री राष्ट्रिय मावि भानु-११ मयाखु तृतीय हुन सफल भएको छ ।
म्युजिकल चेयर प्रतियोगितामा श्री चण्डिकालाल अमर प्रावि भानु ७ चन्दनी प्रथम, श्री चितीखोला प्रावि भानु-९ चितीखोला द्धितीय र श्री कर्मदा मावि भानु-९ बाइसजंघार तृतीय हुन सफल भएका छन् ।
यस्तै, चन्द्रावती मावि चुँदी केन्द्रमा आयोजित गायन तथा नृत्य प्रतियोगिता तर्फप्रथम श्री चन्द्रावती मावि भानु-७ चुँदी, द्वितीय विद्यानिकुञ्ज मावि भानु-१२ वयापानी र तृतीय श्री राष्ट्रिय आवि भानु-१२ कवाजित हुन सफल भएका छन् ।
चित्रकला प्रतियोगितामा श्री भानु संस्कृत मावि भानु-४ चुँदी रम्घा बेशी प्रथम, श्री अरनिको मावि भानु-१३ ठूलोढुङ्गा द्धितीय र श्री जयमंगल प्रावि भानु-७ बसन्तपुर तृतीय हुन सफल भएका छन् ।
म्युजिकल चेयर प्रतियोगितामा श्री भानु संस्कृत मावि भानु-४ चुँदी रम्घा बेशी प्रथम, चन्द्रावती मावि भानु-७ चुँदी द्धितीय र श्री जयमंगल प्रावि भानु-७ बसन्तपुर तृतीय भएका छन् ।
राष्ट्रिय बालदिवसका आवसरमा सञ्चालित हाजिरीजवाफ प्रतियोगितामा विजेता टिमलाई प्रथम, द्वितीय र तृतीयका लागि क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्रद्वारा पुरस्कृति गरिएको छ ।
यस्तै, गायन तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिम (एउटा टिममा बढीमा १० जनासम्म हुनसक्ने)लाई क्रमशः रु ६ हजार, रु ५ हजार र रु ४ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई क्रमशः रु १६००, रु १३०० र रु ११०० नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
म्युजिकल चेयर प्रतियोगिताका विजेता विद्यार्थीलाई क्रमशः रु १५००, रु १२०० र रु १००० नगद तथा प्रमाणपत्र प्रदान गरिनुका साथै विजेता विद्यालयहरुलाई समेत प्रमाणपत्र उपलब्ध गराइएको थियो ।
बालबालिकाको प्रतिभा प्रस्फूटनका लागि सकारात्मक सोचका साथ आ-आफ्ना विद्यालयबाट तोकिएको केन्द्रमा बालबालिकाहरुलाई पठाउने, उनीहरुलाई विद्यालयमा प्रशिक्षण तथा सहजीकरण गर्नुहुने प्रधानाध्यापक, शिक्षक वर्ग तथा व्यवस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारीहरुलाई नगर शिक्षा अधिकारी पौडेलले धन्यवाद व्यक्त गरेका छन् ।
उनले आगामी दिनमा पनि यस्ता बालकेन्द्रित रचनात्मक क्रियाकलापहरुमा हामी बीचको समन्वय र सहकार्यमा बालबालिकाको सुनौलो भविष्य निर्माण गर्ने हरेक अभियानमा सामुहिक प्रयास हुनेमा विश्वास व्यक्त गरेका छन् ।