म्याग्दे गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित अकलामा आइतबार बेलुका करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २१ वर्षीय बिमल थापा रहेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

उनका अनुसार थापा घरबाट एक किलोमिटर उत्तरतर्फ रहेको भब्बियोको रुखमा चढि घाँस काट्ने क्रममा अचानक करेन्ट लागि रुखबाट भुईमा लडिरहेको अवस्थामा भेटिएका थिए । करेन्ट लागि घाइते अवस्थामा फेला परेका थापालाई उपचारको लागि जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker