रोटरीद्वारा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री

भञ्ज्याङ समाचारदाता/दमौली

रोटरी क्लब अफ दमौलीले राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले व्यास नगरपालिका-१३ तिवारी भञ्ज्याङ स्थित सितला प्राविका विपन्न पारिवारका बालबालिकालाई ट्रयाक-सुट, जुत्ता, मोजा लगायतका विद्यालय पोशाक, व्याग, कापी, कलम लगायतका शैक्षिक सामग्रीका साथै खाजा पनि वितरण गरेको रोटरी क्लब अफ दमौलीका सचिव बिना कैनीले बताइन् ।

विद्यालयमा अध्ययनरत जम्मा १८ जना आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । सदरमुकामको नजिकै भएर पनि बत्तिमुनीको अँध्यारो जस्तै अनुभूति दिलाउने उक्त विद्यालयको नाजुक अवस्थालाई मध्यनजर गर्दै रोटरीले सहयोग निरन्तर जारी राख्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले रोटरीबाट प्राप्त सहयोगले वालवालिका र विद्यालय परिवारलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे । साथै पोख्रलले भविष्यमा पनि विद्यालयलाई रोटरी क्लब दमौलीको सहयोग निरन्तर रहने प्रतिबद्वता व्यक्त गरे ।

यसैबीच पुर्व अध्यक्ष हरिसिं गुरुङले वाल दिवस मनाउनको उद्देश्य र सार्थकताका बारेमा प्रष्ट गर्दै बालबालिकाको उज्वल भविष्यको कामना गरेका थिए । वडा सदस्य एकराज तिवारीले रोटरी क्लबले आफ्नै अगुवाईमा विद्यालयको आवश्यकता पहिचान गरी सहयोगको लागि पहलकदमी चालेकोमा आभार व्यक्त गरे । उक्त विद्यालयका प्रधानाध्यापक गजेन्द्रराज पन्तले विद्यालयले विस्तारै भौतिक पुर्वाधार तथा विद्यार्थी संख्या बढाउँदै लगेको भएपनि सन्तोषजनक उपलब्धी नभएको बताए । साथै रोटरी क्लबको सहयोगले विद्यालय परीवारलाई थप उर्जा दिएको बताए ।

सोही अवसरमा सचिव कैनीले रोटरी क्लबले सेप्टेम्बर महिनाभरी शिक्षा तथा साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु जारी राख्ने र सोही सन्दर्भमा बाल दिवसको मौका पारेर यस विद्यालयमा सहयोग गरेको बताइन । साथै रोटरी क्लब दमौलीले मंगलबारै व्यास सामुदायिक सिकाइ केन्द्रका बालबालिकालाई खाजा, मास्क तथा ब्रोक स्क्रिप्ट शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker