म्याग्दे गाउँपालिकाका शाखा प्रमुखसहित कर्मचारी सम्मानित

म्याग्दे : म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा बजेट सार्वजनिक कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुख, कर्मचारी, जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ।

सम्मानित हुनेमा उद्योग, पर्यटन, सहकारी तथा आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपाने, शिक्षा अधिकृत तथा शिक्षा, सामाजिक विकास शाखा प्रमुख विष्णु क्षेत्री र लेखा अधिकृत तथा आर्थिक प्रशासन शाखा प्रमुख शिवजी थापा रहेका छन्। उनीहरूलाई उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको समर्पण तथा गाउँपालिकाको विकास र सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

उनीहरूलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संयुक्त रूपमा दोसल्ला, सम्मानपत्र र प्रमाणपत्र प्रदान गरेका थिए।

गाउँपालिकाका अनुसार प्रदीप न्यौपानेले उद्यमशीलता विकास, सहकारी प्रवर्द्धन, पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। विष्णु क्षेत्रीले शिक्षा सुधार, सामाजिक विकास तथा बालमैत्री कार्यक्रम सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् भने शिवजी थापाले वित्तीय अनुशासन, पारदर्शी बजेट व्यवस्थापन तथा आर्थिक सुशासन कायम गर्न योगदान पुर्‍याएका छन्।

यसै अवसरमा पशु विकास शाखा प्रमुख तथा पशु विकास अधिकृत मुक्तिराम पौडेल, प्राविधिक विज्ञान पौडेल, वडा नं. ५ की सचिव विमला गैरे, राजस्व शाखाका अक्षयकुमार कायस्थ तथा कार्यालय सहयोगी महेन्द्रकुमार श्रेष्ठ र समुन्द आलेलाई पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरिएको थियो।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष टुकराज अधिकारीलाई गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भएको तथा सामाजिक विकास क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विशेष सम्मान गरिएको छ। त्यसैगरी म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker