तनहुँको ढोरबाराही मन्दिरमा सर्वसाधारणलाई पुजाअर्चना तथा प्रवेशमा रोक

राजकुमार आले/भञ्ज्याङ

तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीमा रहेको ढोरबाराही मन्दिरमा सर्वसाधारणलाई पुजाअर्चना तथा प्रवेशमा रोक लगाइएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकाले संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर प्रवेशमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँको आदेश अनुसार हाललाई शुक्रबारदेखि माघ मसान्तसम्म नित्यबाहेकका पुजामा रोक लगाइएको मन्दिरका पुजारी चिरञ्जिवी लम्सालले बताए ।

‘धार्मिक शक्तिपीठहरू बन्द गर्ने नेपाल सरकार तथा जिल्ला प्रशासनको आदेशलाई कार्यान्वयन गर्दै मन्दिरमा भक्तजनको प्रवेशलाई रोक लगाएका हौं,’ उनले भने ।

मन्दिरमा भक्तजनबाट हुने बलीपुजा, पञ्जवली, लाखबत्ती बाल्ने, दर्शन गर्न जाने जस्ता धार्मिक गतिविधिमा पूर्णरुपमा रोक लगाइएको छ । ढोरबाराही मन्दिरमा कोरोना संक्रमण फैलिनुअघि दैनिक सयौंको संख्यामा भक्तजनहरु पुजाअर्चना तथा दर्शनका लागि जाने गर्दथे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker