औषधि सेवनबाट गर्भपतन गराउनेको संख्या बढ्दै

रासस/गल्याङ

स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार १६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् ।
तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका कार्यालयका प्रमुख बसुन्धारा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वालिङ नगरपालिकामा जिल्लामै सबैभन्दा बढी तीन सय ८७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । त्यसमध्ये तीन सय १५ ले औषधि सेवन गरेका थिए भने ५४ जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराएका प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार २० वर्ष माथिका तीन सय ५१ र मुनिका १८ जनाले यहाँबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
पुतलीबजार नगरपालिकाका एक सय ९८ ले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये औषधि सेवन गर्ने एक सय ६० र उपकरण प्रयोग गर्ने २७ रहेका छन् । यस पालिकामा सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष माथिका एक सय ७६ र मुनिका ११ रहेका प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हरिनाशमा एक सय ६६, अर्जुन चौपारीमा ९७, कालीगण्डकीमा ५७ र आँधीखोलामा ५३, बिरुवामा १६ र फेदीखेला गाउँपालिकामा एक जनाले औषधि सेवन गरेर गर्भपतन गराएका छन् ।
त्यस्तै, भिरकोटमा एक सय आठ, चापकोटमा ८२ र गल्याङ नगरपालिकामा २८ जनाले औषधि सेवन गरेर गर्भपतन गराएका प्रमुख शर्माले जानकारी दिनुभयो । औषधि खुवाएर गराइने गर्भपतन सेवा, सुरक्षित, सजिलो र कम जोखिम हुने भएकाले यस पद्धतिको प्रयोगकर्ता बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले उपकरण प्रयोग गनुपर्ने प्रकृतिका महिला गर्भपतन गर्न निकै कम आउने भएकाले पनि औषधि सेवन गर्नेको संख्या बढी देखिएको दाबी गर्नुभयो ।
“निजी स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउनेको विवरण हामीले समेटेका छैनौं”, प्रमुख शर्माले भन्नुभयो, “निजी स्वास्थ्य संस्था र अवैधानिकरुपमा गर्भपतन गराउनेको संख्या जोड्ने हो भने जिल्लामा गर्भपतन गराउनेको संख्या डर लाग्दो छ ।” उहाँले असुरक्षित यौन सम्पर्क र गर्भपतनलाई न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker