तनहुँको बन्दिपुर र आँवुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको बन्दिपुर गाउँपालिका र आँवुखैरेनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले खोप लगाएको सुनिश्चिता भएपछि गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चिता घोषणा गरेका हुन् ।

बन्दिपुर गाउँपालिकाका ६ वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अन्जीर भट्टराइले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । गाउँपालिकाको सबै वडाका अध्यक्षहरुलाई समेत पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमुख वाग्लेले खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता घोषणा/प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको बताए ।

‘स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता १६ देखि ५९ महिना उमेर भित्र सबै खोपहरु पुरागरी बालबालिकाहरुलाई रोगबाट सुरक्षित बनाऔं’ भन्ने नाराका साथ सुरु भएको कार्यक्रम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

‘पालिकाले स्वास्थ्य शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौं’, अध्यक्ष थापाले भने, ‘पालिकाले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिका भित्रका कोही बालबालिका पनि खोपबाट वञ्चित रहदैनन् ।’

कार्यक्रमा गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल, वडाध्यक्ष, जनप्रतिनिधि कर्मचारी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेवीका प्रहरी तथा बिभिन्न संघसंस्थाका प्रतिनिधि सहभागि थिए ।

यस्तै, आँबुखैरेनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् । स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले चुमानलाई प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा चुमानले पूर्ण खोप सुनिश्चित घोषणालाई दिगोपना बनाउनेतर्फ ध्यान दिने बताए ।

पालिकाका छ वटै वडाका ६९९ बालबालिकाले पूर्ण खोप पाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । उनका अनुसार खोप नपाएको भए घरघरमै पुगेर सर्वेक्षण गरिएको थियो । त्यसक्रममा दुइ जना छुटेको पाइएको र उनीहरुलाई पनि खोप लगाइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker