दमौली अस्पताललाई युवा समिति तनहुँको पहलमा स्वास्थ्य सामाग्रि हस्तान्तरण

भञ्ज्याङ न्यूज

राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति तनहुँको पहलमा दमौली अस्पताललाई स्वास्य सामाग्रि हस्तान्तरण गरिएको छ । समिति तनहुँकी अध्यक्ष रिता ढकाल र अमरराज सोतीको पहलमा जिल्ला अस्पताल दमौलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा बिभागसंगको सहकार्यमा कोभिड बिरुद्धका स्वास्थ्य सामाग्रिहरू हस्तान्तरण गरिएको हो ।

समितिले अस्पताललाई ३ थान अक्सिजन सहितको सिलिण्डर, कोभिड-१९ गाउन सेट २०० थान, मास्क २००० पिस, एक्जामिनेसन (लुज) ग्लब्स २५० जोर, फेस सिल्ड १०० पिस, कोभिड-१९ गम बुट १० जोर लगायत स्वास्थ्य सामाग्री नरदेवी आयुर्वेदिक अस्पताल ब्यबस्थापन समितिका पूर्व अध्यक्ष शंकर पौडेल, युवा ब्यबसायी इन्जिनियर बिबेक पौडेल लगायतको टोलीले दमौली अस्पताल ब्यबस्थापन समिति, तनहुँका अध्यक्ष प्रदिपराज अधिकारीलाई हस्तान्तरण गरेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट तनहुँका नागरिकको स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याउने उद्देश्य र कोरोना संकटको जोखिम न्यूनीकरण गर्न सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने युवा समितिका अध्यक्ष ढकालले बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker