४८९ जनाको शव फेला, १५४५ को उद्धार

काठमाडौँ : रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४८९ जनाको शव भेटिएको छ। विभिन्न आठ जिल्लामा शवहरू भेटिएको हो। सरकारकार प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना शव भेटिएको हो।

त्यस्तै नवलपरासी पूर्वमा ११२, नवलपरासी पश्चिममा २८ जना, तनहुँमा २८ जना, चितवनमा १८६ जनाको शव भेटिएको छ। यो तथ्यांक मध्याह्न १२ बजेसम्मको हो।

अहिले शव भेटिएका जिल्लाहरूमै शव व्यवस्थापन गरिएको छ। चितवनमा आजदेखि शवको पहिचान पनि सुरु गरिँदैछ। पोखरेलले बेपत्ताहरूको खोजीकार्य जारी रहेको पनि बताए। बुधबार रसुवाको भोटेकोशी, त्रिशूली नदी हुँदै आएको बाढीले ठूलो जनधनको क्षति भएको हो।

हालसम्म रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङ तीन जना गरी एक हजार ५४५ जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो । हाल काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललमा ६० घाइतेको उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा दुई, वीरेन्द्र सैनिक अस्पतालमा एक, नर्भिक अस्पतालमा एक, मनमोहन अस्पतालमा दुई, बिएण्डबी अस्पतालमा दुई र ग्राण्डी अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।

बाढीमा परी हालसम्म नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी सम्पर्कविहीन छन् । हालसम्म सर्वसाधारणसहित दुई हजार ३८१ जना रसुवा बाढीपछि सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । सम्पर्क हुन नसकेका मध्येमा भारतका १७८ सहित ६४४ विदेशी नागरिक रहेका छन् । यसैगरी विदेशमा रही नेपाल घुम्न आएका १२७ नेपाली नागरिक पनि सम्पर्कविहीन छन् ।

साथै, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, सिङ्गापुरका नौ, जर्मनीका आठ, रसियाका आठ, दक्षिण अफ्रिकाका छ, लाटभियाका छ, जापानका पाँच, न्युजिल्याण्डका पाँच, फ्रान्सका चार, बेल्जियमका तीन र स्पेनका तीन नागरिक सम्पर्कविहीन छन् ।

प्रहरीका अनुसार काजकिस्तान, पोर्चुगल, आयरल्याण्ड, इटली र नेदरल्याण्डका दुई÷दुई तथा स्वीडेन, हङ्गेरी, सर्विया, स्वीटजरल्याण्ड, इजरायल, फिलिपिन्स, फिनल्याण्ड, बेलारुस, लिथुवानिया र बुल्गेरियाका एक÷एक नागरिक पनि सम्पर्र्कविहीन छन् ।

हालसम्म प्राप्त विवरणअनुसार सम्पर्कविहीन भएका एक हजार ७३७ (रसुवाबाहेक) नेपाली नागरिकमा कोशी प्रदेशका १३२, मधेस प्रदेशका १२८, बागमती प्रदेशका ८२६ (रसुवाबाहेक), गण्डकी प्रदेशका १२६, लुम्बिनी प्रदेशका १८८, कर्णाली प्रदेशका २०८ र सुदूरपश्चिम प्रदेशका १२९ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker