विविध कार्यक्रम गरी व्यास बोर्डिङले मनायो बाल दिवस
भञ्ज्याङन्यूज

तनहुँको दमौली स्थित व्यास दिव्यज्योति बोर्डिङ स्कूलले विविध कार्यक्रम गरी बाल दिवस मनाएको छ ।
व्यास-२ अमरापुरीमा रहेको विद्यालयले शुक्रबार कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा ५९औं राष्ट्रिय बाल दिवस मनाएको हो ।
सो अवसरमा लोक नृत्य प्रतियोगिता, कविता वाचन, प्रवचन -भाषण) र गायन कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरज सुब्बाले बाल अधिकार र विद्यार्थीहरुको कर्तव्यका विषयमा चर्चा गर्दै अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको रचनात्मक क्रियाशिलतामा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।










