अवैध उत्खनन् आरोपमा टिप्पर र एक्साभेटर नियन्त्रण, जरिवाना तिराएर छाडियो

जिल्ला प्रहरी कार्यालय तनहुँले नदीजन्य वस्तु अवैध उत्खनन् गरेको भन्दै सात वटा टिप्पर र एउटा एक्साभेटर नियन्त्रणमा लिएको छ । प्रहरीले म्याग्दे गाउँपालिका-५ स्थित सेती नदीको किनारबाट अबैध रुपमा बालुवा उत्खनन् एवं लोड गर्दै गरेको भन्दै ग१क २८७९ नं. को एक्साभेटर सहित ग१ख ८७७७ नं. को टिप्परलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले ती एक्साभेटर र टिप्परलाई फेला पारी नियन्त्रणमा लिई पठाएकामा म्याग्दे गाउँपालिकाले ४० हजार जरिवाना गराएको प्रहरी नायब उरीक्षक युवराज तिमल्सेनाले बताए ।

यस्तै, बन्दिपुर-६ सराङघाटमा अवैध सञ्चालनको अभियोगमा बन्द गरिएको नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रा.लि.बाट अवैध रूपमा ढुङ्गा गिट्टी बालुवा बोकी व्यास-१४ एक्लेभट्टी स्थित साराङघाट तर्फाट दमौली तर्फल्याउदै गरेको अवस्थामा ग१ख ४७२७, ग१क ३४२३, ग१ख ९२५३ र ग१ख ७९९७ नं. को टिप्परलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, भानु नगरपालिका-९ दमालघाट स्थितबाट अबैध रुपमा बालुवा उत्खनन् गरी लिई हिडेको भन्दै ग१क ५२२० नं. को टिप्परलाई प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई भानु नगरपालिकाको कार्यालय बुझाएकोमा २० हजार जरिवाना गरिएको बताइएको छ ।

त्यस्तै, म्याग्दे गाउँपालिका स्थित सेती दोभान घाटबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी ओसार पसार गर्दै गरेको अवस्थामा ग१क ४२९० को टिप्परलाई प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिइ म्याग्दे गाउँपालिकाको कार्यालय तनहुँमा बुझाएकोमा २३ हजार रुपैयाँ जरिवाना भएको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker