भानु नगरपालिकाद्वारा जाजरकोट भूकम्प प्रभावितलाई आर्थिक सहयोग

भञ्ज्याङन्यूज

जाजरकोट भूकम्प प्रभावितका लागि तनहुँको भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि रु एक लाख पाँच हजार आर्थिक सहयोग गरेको हो ।

उक्त रकम भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जाजरकोट पुगेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभएको छ । भूकम्पबाट पीडित बनेकाको राहत र उद्धारका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थोरै भए पनि सहयोग गरिएको त्रिपाठीले बताउनुभयो ।

भानु नगरपालिकाका प्रमुख त्रिपाठीको नेतृत्वमा वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली जाजरकोट पुगेको थियो । त्यसक्रममा उहाँहरुले भूकम्पमा परी मृत्यु हुनुभएका नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।

यसअघि जिल्लाकै देवघाट गाउँपालिका र व्यास नगरपालिकाले भूकम्प पीडितका लागि रु पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको भएपनि हालसम्म उपलब्ध गराएका छैनन् ।

यस्तै, व्यास नगरपालिका-४ वीरता टोल विकास संस्थाले देउसीभैलो खेलेर संकलन गरेको रकम भूकम्पपीडितलाई सहयोग गरेको छ । तिहारमा देउसी खेलेर संकलित रु १० हजार ५५ संस्थाले जाजरकोट भूकम्पपीडितका लागि सहयोग गरेको हो । भूकम्प प्रभावित जनसमुदायको पीडामा मलमपट्टी लगाउने उद्देश्यले संस्थाले थोरै भए पनि सहयोग गरेको अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त रकमको भौचर सोमबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको छ । टोल विकास संस्थाले देउसीभैलो खेलेर संकलन गरेको रकम सामाजिक काममा सहयोग गर्नु सकारात्मक रहेको संस्थाका सल्लाहकार श्रीराम कार्कीले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker