शहिदहरुको सपना पुरा गर्न लोकतन्त्रको स्थिर र दिगो ढंगले विकास गर्नुपर्छ : पुर्वमन्त्री डा. महत
- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री डा. रामशरण महतले शहिदहरुको सपना पुरा गर्न लोकतन्त्र स्थिर र दिगो ढंगले विकास गनुपर्ने बताएका छन् । जिल्लाको व्यास नगरपालिकाले शहिद दिवसको अवसरमा शुक्रबार व्यास-५ मानहुँकोटदेखि व्यास-८ पुलिमराङसम्म आयोजना गरेको चौथो व्यास अल्ट्रा खुल्ला म्यारथनको उद्घाटन गर्दै डा. महतले देशमा लोकतन्त्रको विकास गर्न शहिदहरुको ठुलो योगदान रहेको र यसलाई स्थिर र दिगो ढंगाले विकास गर्नुपर्ने बताएका छन् ।
‘शहिदहरुको यो देशको लागि योगदान भनेको लोकतन्त्रको विकासको हो’, उनले भने, ‘उहाँहरुको योगदान हामी सबैले स्मण गछौं, सम्मान व्यक्त गछौं र उहाँहरुको सपना पुरा गर्नका लागि लोकतन्त्रको स्थिर र दिगो ढंगाले विकास गर्ने, राजनीतिक, सामाजिक र आर्थिक अधिकारलाई सुनिश्चितकरण कार्यन्वयनमा ल्याउने काम हामी सबको जिम्मेबारी हो ।’
साथै लोकतन्त्रलाई दिगो रुपमा चलाउनका लागि विधिको शासनमा बिश्वस्त हुनुपर्ने उनले बताएका छन् । ‘विधिको शासनमा प्रतिवद्धता रहेर मात्र हुदैन यो कार्यन्वयनमा पनि आउनुपर्छ’, उनले भने, ‘यहिले जसरी संसदको विघटन भएको छ मध्यावधि निर्वाचनको घोषण भएको छ यो विधिपुर्वक भएन भनेर देशभरी विरोध भएका छन् । यसको लागि न्यायपालिकाबाट निपक्ष ढंगबाट निर्णय होस् भन्ने हामी सबैको चाहाना छ ।’
यस्तै, राजनीतिक विकासको साथ साथै आर्थिक सम्मुनतिको पनि आवश्यकता रहेको बताउँदै डा. महतले भने, ‘त्यसका लागि हामी सरकारमा हुँदा धेरै योगदानहरु पुर्याएका छौं र केही कामहरु अगाडि बढेका छन् । तनहुँमा पनि भएका विभिन्न बिकासका योजनामा हामी संलग्न थियौं ।’










