तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने

तनहँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

केन्द्रले मौरी, रेशम किरा र च्याउ गरी मुख्य तीन विषयमा अध्ययनसहित कार्यक्रम सञ्चालन गर्दै आएको निमित्त प्रमुख भवनाथ देवकोटाले जानकारी दिनुभयो । विभिन्न ठाउँबाट मौरी ल्याएर रानोसँग क्रस गराइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रले मुख्य गरी मौरी, च्याउ र रेशम किरामा अध्ययन गर्दै आएको छ । यस वर्ष मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गरी कृषकलाई मौरीसमेत वितरण गर्ने कार्यक्रम छ ।”

चालु आवका लागि कार्यालयलाई रु दुई करोड ३५ लाख ८६ करोड बजेट विनियोजन गरिएको छ । त्यसमध्ये पुँजीगततर्फ रु ३० लाख ८० हजार र चालुतर्फ रु दुई करोड पाँच लाख छ हजार बजेट विनियोजन भएको छ ।

कार्यालयले चालु आवमा मौरीसहित घार, च्याउका बीउ वितरण गर्नुका साथै आवश्यक सीपसमेत सिकाउने कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकलाई ५० प्रतिशत अनुदानमा तीन सय ६० मौरीसहिको घार वितरण गरिनेछ । त्यसका लागि रु १८ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै चार सय घारमात्र वितरण गर्नका लागि रु सात लाख ५० हजार बजेट विनियोजन गरिएको छ । उहाँले भन्नुभयो । “मौरीपालक कृषकलाई अनुदानमा घारसहितको मौरी, घारमात्रै वितरण गर्नुका साथै मौरीपालनका लागि आवश्यक तालिम पनि दिन्छौँ ।”

त्यस्तै च्याउ बीउ उत्पादनका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ । केन्द्रमा पहिलोपटक च्याउ प्रयोगशाला निर्माण गरिँदैछ । उहाँले भन्नुभयो, “च्याउको अध्ययनका लागि पहिलोपटक कार्यालयमै प्रयोगशाला निर्माण हुँदैछ ।” देवकोटाका अनुसार व्यावसायिक कृषकका लागि च्याउ स्रोत केन्द्र निर्माणका लागि रु दश लाख सहयोग गर्ने कार्यक्रम रहेको छ भने च्याउ खेती तालिम पनि प्रदान रिनेछ ।

कर्मचारी अभाव

कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दश जनाको दरबन्दी रहेको कार्यालयमा छ जना कार्यरत छन् । त्यसमाथि उपसचिव तहको कार्यालय प्रमुख नै रिक्त रहेको छ । “दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा त समस्या छँदैछ, कार्यालयको व्यवस्थापकीय काममा पनि अप्ठेरो हुँदै आएको छ” ,उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker