खाद्य डिभिजनद्वारा तनहुँ र गोरखामा बजार अनुगमन

दमौली : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले बजार अनुगमनलाई निरन्तरता दिंदै आएको छ । चाडपर्वको बेला मात्रै सरकारी निकायले बजार अनुगमन गर्ने गरेको भन्ने जनगुनासोबीच कार्यालयले भने वर्षैभर बजार अनुगमन जारी राखेको छ ।
कार्यालयका प्रमुख ज्योति आचार्यका अनुसार उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिइएको हो । कार्यालयले सोमबार तनहुँको भानु नगरपालिका, लमजुङको सुन्दरबजार र वेँशीसहरमा बजार अनुगमन गरेको छ ।
उक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय लमजुङ र पर्यटन तथा उद्योग कार्यालयका प्रतिनिधिहरू समेत सहभागी रहेको डिभिजन प्रमुख आचार्यले जानकारी दिए ।
उनका अनुसार बजारमा पाइने खाद्य वस्तुमा म्याद, गुणस्तर, मूल्य, सरसफाइ लगायतका विषयमा निगरानी गरिएको छ । डिभिजन कार्यालयले अनुगमनका क्रममा भेटिएका कमजोरीहरूमा आवश्यक चेतावनी, सुधारको निर्देशन र कानुनी प्रक्रिया अनुसार कारबाहीसमेत गरिरहेको जनाएको छ ।
उपभोक्ताको स्वास्थ्य तथा हितलाई केन्द्रमा राखी कार्यालयले आगामी दिनहरूमा पनि अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker