कुखुरा खान आएको भाले चितुवा खोरमा पर्‍यो

तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले एक हप्ता अगाडि राखेको खोरमा परेर आज बिहान भाले बयस्क चितुवा नियन्त्रणमा आएको हो ।

खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सवडिभिजन वन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त चितुवा अन्दाजी आठ वर्षको छ । स्थानीयवासी रामबहादुर तामाङको कुखुराको फार्ममा चितुवाले आक्रमण गरेर कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको थियो । “केही समयदेखि चितुवाले कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको चितुवाको नियन्त्रण प्रयास गरेको थियो, आज बिहानै उक्त खोरमा चितुवा प¥यो”, भुजेलले भन्नुभयो ।

कार्यालयले हालसम्म १३ चितुवाको उद्धार गरेको जनाएको छ । केही वर्षयता तनहुँका विभिन्न भागमा चितुवाको आतङ्क छ । बस्ती छेउ आएर चितुवाले मानिसलाई आक्रमण गर्ने गरेको छ । साथै घरपालुवा जीवजन्तुमाथि पनि चितुवाको आक्रमण बढ्दो छ । चितुवाको त्रास बढेपछि वन कार्यालयले घरगोठ उज्यालो बनाउन र वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्न अनुरोध गर्दै आएको छ । वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ ।

विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker